

सुनसरीमा जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ
6 years अगाडी
Susma Dhakal

झापा ,सुनसरीको दुहवी नगरपालिका–१२ बाट जुवा खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । स्थानीय गंगा चौधरीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१५ का ४४ वर्षीय श्रवणकुमार चौधरी, ग्रामथान गाउँपालिका–६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान गाउँपालिका–५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका–३ का ४२ वर्षीय रमेश चौधरी र ३९ वर्षीय जोगेन्द्र उराव रहेका छन् ।
जुवाको खालबाट प्रहरीले १६ थान कौडा, गलैचा–१ थान, कालो कपडा–१ थान र नगद २ लाख ८५ हजार १ सय १४ रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
July 3, 2019 11:09 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने
Loading...

