Monday 25th November 2024

एनसेलले सुरु गर्‍यो ‘एनसेल फर बिजनेश’

5 years अगाडी

एनसेल प्राइभेट लिमिटेडले ‘एनसेल फर बिजनेश’ सेवा सुरु गरेको छ । एनसेलले यो सेवा मार्फत् व्यवसायलाई वृद्धि, विस्तार गर्दै विकास गर्न पूर्वाधार प्रदान गर्ने विश्वास लिएको छ यस अन्तर्गत इन्टरप्राइज ग्राहकहरुले एनसेलका पछिल्ला र नयाँ सेवा तथा सुविधाहरु लिन सक्छन् र नेपाल बाहिर पनि आफ्ना सेवा विस्तार गर्न सक्छन् । फोरजी सेवा व्यापक रुपमा विस्तार गरेपछि एनसेलले आफ्ना इन्टरप्राइज ग्राहकहरुलाई फिक्स्ड कनेक्टिभीटी सेवा ल्याएको छ । यसमा इन्टरनेशनल प्राइभेट लिज्ड सर्भिस (आईपीएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डीएलसी) भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन), ब्रोडव्याण्ड इन्टरनेट, ब्याण्डविथ अन डिमाण्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ्ग र इथरनेट भर्चुअल प्राईभेट नेटवर्क (इभीपीएन) जस्ता सेवाहरु उपलब्ध छन् ।

आफ्नो म्यानेज्ड सर्भिस अन्तर्गत, कम्पनीले म्यानेज्व्ड वाइफाइ, भिडियो कन्फ्रेन्सिङ्ग र सर्वेलेन्स सेवा प्रदान गर्नेछ । त्यस्तै, आईओटी सेवा अन्तर्गत कम्पनीले भेहिकल ट्राकिङ्ग सिस्टम (भीटीएस) ल्याएको छ । यसले गाडीको कार्य प्रगतिमा सहयोग गर्नुका साथै सुरक्षा र सवारी साधनको व्यवस्थापनलाई सहज बनाउँछ । यो सेवाले सवारीचालहरुको सवारी चलाउँदाको व्यवहार सुधार गर्न तथा कामलाई थप व्यवहारिक बनाउन र आफ्नो सवारी साधन माथि अझै राम्रो नियन्त्रण राख्न मद्दत पुर्‍याउनेछ ।

यसैगरी मोबिलिटी योजना अन्तर्गत एनसेलले व्यवसायहरुलाई आफ्नो नेटवर्क भित्र अनलिमिटेड कल र मेसेजिङ्ग, पर्याप्त मात्रामा डेटा र प्रिमियम नम्बरहरुको सेवा र अरु धेरै सेवाहरु प्रदान गर्नेछ । एनसेल डेटा सेन्टर सोलुसन्स अन्तर्गत नेपालमा रहेका व्यवसायहरुले एनसेलको विश्वसनीय र सुरक्षित डेटा सेन्टरमा आफ्नो सर्भर राखि इमेल तथा सुरक्षित होस्टिङ्ग सेवा लिन सक्नेछन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले ‘एनसेल फर बिजनेश’ को लोगो अनावरण गर्नुभएको थियो । उहाँले कसरी डिजिटल विश्वले विकासका लागि उत्प्रेरकका रुपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरुको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नवीन सेवा तथा व्यवसायहरुलाई बढावा दिर्दै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे प्रकाश पार्नुभयो ।उहाँले भन्नुभयो ‘हामी ठूला साना सबै व्यवसायहरुलाई उहाँहरुको क्षमताले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्छाैं । हाम्रो प्रविधि, वस्तु तथा सेवाहरु मार्फत व्यवसायहरुका लक्ष्य र महत्वकांक्षाहरु हासिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा इन्टरप्राइज ग्राहकहरुसँग सझेदारी गर्छाैं ।’

          July 4, 2019 11:52 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...