चितुवाको आक्रमणबाट घाइतेलाई रु दुई लाख सहयोग
राँझा । डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप रु दुई लाख सहयोग गरेको छ । नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त रकमको चेक घाइते श्रीसलाई प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिकृत मोहन श्रेष्ठले बताए । गाउँ बस्तीमा पसेर वन्यजन्तुले मानवलाई क्षति गरेमा यस्तो खालको राहत प्रदान गरिने सरकारको नियम कानूनअनुसार उहाँलाई सहयोग प्रदान गरिएको वन अधिकृत श्रेष्ठले जानकारी दिए ।
वन्यजन्तु गाउँ बस्तीमा पसेर कुनै पनि मानवलाई आक्रमण गरी सामान्य घाइते बनाए रु ५० हजार, गम्भीर घाइते बनाए रु दुई लाख र मृत्यु नै भए रु १० लाखसम्मको राहतबापत आर्थिक सहयोग हुने व्यवस्था रहेको छ । श्रीसलाई गाउँमै चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए । नेपालगञ्जस्थित अस्पतालमा उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको छ ।
July 6, 2019 10:37 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता