मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण ९९ स्वास्थ्य संस्थाले गर्न पाउने
झापा ,रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन् । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आवेदन पेश गरेका थिए ।मन्त्रालयले गठन गरेको विशेषज्ञ सम्मिलित टोलीले सम्पूर्ण स्वास्थ्य संस्थाको अनुगमन गरी मापदण्ड पूरा भएका संस्थालाई कामदारको स्वास्थ्य परीक्षणका लागि छनोट गर्न मन्त्रालयसमक्ष सिफारिश गरेको थियो । समितिको सिफारिश बमोजिम श्रम मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी स्वास्थ्य संस्थाको छनोट गरेको हो ।
छनोट भएका स्वास्थ्य संस्थामा भेनस अस्पताल (बानेश्वर), रत्न पोलिक्लिनिक (पोखरा), मेट्रो अस्पताल (महाराजगञ्ज), मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल (स्वयम्भू), नेपालगञ्ज पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर (नेपालगन्ज, बाँके), शुलभ मेडिकल सेन्टर प्रालि (भरतपुर), नवजीवन अस्पताल धनगढीलगायत रहेका छन् । कामदारको स्वास्थ्य परीक्षणका लागि आवेदन दिएका १३८ स्वास्थ्य संस्थाले मलेसिया सरकारले दिएको मापदण्ड पूरा गर्न नसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थालाई छनोट नहुनाका स्पष्ट कारणसहितको जानकारीसमेत दिएको छ ।
यसअघि मलेसिया जाने कामदारको ३७ वटा स्वास्थ्य संस्थाले मात्र स्वास्थ्य परीक्षण गर्दै आएका थिए । श्रममन्त्री गोकर्ण विष्टले जिम्मेवारी सम्हालेलगत्तै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका क्रममा सिन्डिकेट लादिएको भन्दै ती संस्थामाथि कारवाही गरेका थिए । स्वास्थ्य संस्थाको मापदण्ड मलेसिया सरकारले नै पठाएको थियो । मापदण्डअनुसार कामदारको स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाले न्यूनतम् आधारभूत संरचनासहित नयाँ प्रविधिको स्वास्थ्य परीक्षण गराउने उपकरणको व्यवस्था गरेका छन्
मापदण्डमा रेडियोग्राफी विभागमा ३०० एमए÷५०० एमएको डिजिटल रेडियोग्राफी एक्स–रे मेसिन अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो । त्यसैगरी एक्स–रे गर्दा निस्कने विकिरणको सुरक्षित व्यवस्थापन हुनुपर्ने र एक्स–रे गर्न जाने कामदार पालो पर्खने उचित कोठाको प्रबन्ध गर्नुपर्ने व्यवस्थालाई पनि अनिवार्य गरिएको छ । प्याथोलोजी विभागमा माइक्रोस्कोप, इल्सा रिडर, वायोकेमेस्ट्री एनलाइजर (पूर्ण स्वचालित) लगायत १७ प्रकारका स्वास्थ्य उपकरण अनिवार्य गरिएको थियो । कामदारका विभिन्न किसिमका स्वास्थ्य परीक्षण गर्न आवश्यक १४ प्रकारका केमिकल स्वास्थ्य परीक्षण गराउने संस्थामा अनिवार्य हुनुपर्ने मापदण्डमा तोकिएको छ ।
July 6, 2019 11:29 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता