

नेपालमा किन ढिला हुँदैछ मनसुन ? मौसमविद्ले दिए यस्तो चेतावनी

काठमाडौं । नेपालमा यो वर्ष गएका वर्षहरुमा भन्दा ढिला मनसुन सुरु हुने देखिएको छ । नेपालमा मनसुन प्रवेश गरेको दुई साता बिते पनि सक्रिय हुन अझै एक साता लाग्ने भएको छ । गतवर्ष भन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपातीमा प्रतिकूल असर परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यभारतमा रहेको मनसुन पश्चिम नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने भएको हो ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गाले मनसुन अहिले निष्क्रिय अवस्थामा रहेको बताउनुभयो । उहाँले सक्रिय हुन अझै केही दिन लाग्ने उल्लेख गर्नुभयो । तत्काल झमझम पानी पर्ने सम्भावना नरहेको भन्दै प्रधानाङ्गले मध्यभारतमा रहेको न्यून चापीय क्षेत्र बिस्तारै माथि सरिरहेकाले केही समय लाग्ने बताउनुभयो ।
गतवर्ष असार तेस्रो साता भारी वर्षा भएको थियो तर यस वर्ष मनसुन ढिला गरी नेपाल प्रवेश गरेकोमा पोहोरको अपेक्षामा सक्रिय हुन समय लागेको महाशाखाका अर्का मौसमविद् शान्ति कँडेल बताउनुहुन्छ । उहाँले एकनासले सबैतिर पानी पर्ने सम्भावना नरहेको भन्दै खण्ड–खण्डमा सामान्य रूपमा क्षणिक वर्षा हुने सम्भावना देखिएको बताउनुभयो ।
मनसुन सक्रिय हुन आवश्यक ‘म्याइस्चर’ अझै आइसकेको छैन । कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले समयमै मनसुन सक्रिय भएर भारी वर्षा नहुँदा मध्यपहाडी क्षेत्रमा धान लगाउन ढिला भएको बताउनुभयो । गतवर्ष असार १५ सम्म २० प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष असार २० गतेसम्म १५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने मध्य तथा पूर्वी मधेसका जिल्लामा भने हालसम्म ११ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
July 6, 2019 11:57 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

