Thursday 12th March 2026

भोजपुरमा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान केही प्रहरी हताहती भएको आशंका

7 years अगाडी

भोजपुर : भोजपुर सदरमुकामा विप्लवका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा केही प्रहरीको हताहत भएको आशंका गरिएको छ । भोजपुर सदरमुकाको शनिबारे हटिया लाइनमा बुधबार बिहान गोली चल्दा केही प्रहरी जवान हताहत भएको स्थानीयले बताएका हुन् ।

त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ। ज्यान जानेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ। प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीमाथि भिडन्त भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ । प्रदेश नम्बर १ प्रहरीले थप मद्धतका लागि टोली पठाएको छ।

घटना बुधबार बिहान करिब सवा आठबजेतिरको हो । स्थानीयले प्रहरी र विप्लव कार्यकर्ताबीच झडप भएको बताए पनि यसको आधिकारीक पुष्टि भने भएको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले गोली चलाउने समूहको खोजी जारी राखेको छ ।

          July 10, 2019 10:34 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...