Wednesday 20th May 2026

टिपर दुर्घटनामा २० जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

8 years अगाडी

पोखरा\म्याग्दी‌। उपल्लो मुस्ताङको लो घ्याकर दामोदर कुण्ड गाउँपालिका-३ मा पर्ने स्याङ्बोचेमा मजदुर बोकेको टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । उद्धारका क्रममा रोल्पाका मौसम घर्ती र दाङका गुरूदत्त थापाको मृत्यु भएसँगै मृतकको संख्या बढेको हो । १२ जना घाइते भएका छन् ।


दुर्घटनामा मृत्यु हुने अन्यमा दाङका बालकुमार घर्ती, सुवेर चौधारी, कविता घर्ती मगर (महिला), शान्ति थापा, कमल बुढा, रोल्पाका सुकमान रोका, महेश रोका, रामकुमार पुन, सोन्तु घर्ती (महिला), सृजना मगर (महिला), जीतमाया घर्ती (महिला), राष्ट्र रोका, धादिङका सुजन घलान (चालक), सिन्धुलीका जीवन माझी, कैलालीका विन्ती रोका, विनिता घर्ती (महिला), कपिलवस्तुका कमानसिं रोका, स्याङ्जाका कृष्ण क्षेत्री रहेका छन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार दुर्घटनाका घाइतेमध्ये विवेक माझी, विमल घर्ती र निरज पुनलाई एयर डाईनेष्टीको हेलिकोप्टरबाट र बाँकी घाइते तथा मृतकहरुलाई दुर्घटनास्थल नजिकै स्याङ्बोचेबाट एमआई सेभेन्टिनबाट उद्धार गरी पोखरा लगिएको छ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी महेन्द्र खड्काका अनुसार शुक्रबार जोमसोमदेखि ५० किमि माथि घिलिङ नजिकै दिउँसो २ बजे जोमसोम–कोरला खण्डको घिलिङ नजिक बिहानको खाना खाएर कार्यस्थल फर्कदै गरेका मजजुर बोकेको बा२ ख २२१९ नम्बरको टिपर सडकबाटखसेको थियो।

कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–लोमन्थाङ्ग खण्डको ५० किमिमा सडक निर्माण मजदुर बोकेकोटिपर अनियन्त्रित भइ तल खसको प्रहरीले जनाएको छ।

          July 7, 2018 7:06 am | Uncategorized,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...