भोजपुर आक्र*मण : सरकार र विप्लव बीचको ल*डाईमा यी इमान्दार प्रहरी जवान भए शहीद !
काठमाडौं । सरकार र विप्लव समुहका बीचमा भएको झ*गडाको शिकार एक इमान्दार प्रहरी जवान भएका छन् । भोजपुरमा आज अचानक सुरु भएको झड*पमा प्रहरी जवान सन्जिव राई मारि*एका हुन् । उनलाई विप्लव समूहका कार्यकर्ताले लेखेटेर होटलभित्र पुर्याएर गो*ली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरी जवान राई सादा पोशाकमा बुधबार विहान हटिया क्षेत्रमा पुगेका थिए । त्यही क्रममा उनी विप्लवका ओखलढुंगा इन्चार्ज नीरकुमार राईको समूहको निशानामा आएको बताइएको छ । सादा पोशाकमा एक्लै भेटेपछि नीरकुमारको समूहले लेखेटेर पानधारे होटलभित्र पुर्याएको थियो ।
उनलाई त्यहीँ गो*ली हानेर लछापछार गर्दै बाहिर बाटोमा ल्याएको एक प्रत्यक्षदर्शीले बताए । त्यही बेला पुगेको प्रहरीको गस्ती टोलीले विप्लव समूहका कार्यकर्तामाथि गो*ली चलाएको थियो । प्रहरीको गो*ली लागेर नीरकुमारको मृ*त्यु भएको छ । घटनामा प्रहरीतर्फ जवान सोम भट्टराई घाइते भएका छन् । भट्टराईको भोजपुरमै उपचार भइरहेको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले पनि विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि गो*ली हानेपछि गस्तीमा रहेको टोलीले जवाफी कार*बाही गरेको बताएका छन् । अहिले उक्त क्षेत्रमा तनाव उत्पन्न भएको छ । दुई समुहका बीचमा भएको लडाईले सर्वसाधारण जनतामा त्रास देखिएको छ ।
July 10, 2019 2:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता