Monday 1st June 2026

जन्ती लिन हिँडेको बसले ठक्कर दिँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु

7 years अगाडी

मेलम्ची। जन्ती लिन हिँडेको बसले ठक्कर दिँदा एकको मृत्यु भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ चनौटेमा बा ३ ख ११७ नंको बस पछाडि हटाउने क्रममा बसमा ठोक्किएर आज एक महिलाको ज्यान गएको हो।

मानसिक सन्तुलन गुमाएकी अन्दाजी ३५ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको परिचय खुल्न खुल्न सकेको छैन। बस चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए।

          July 10, 2019 3:02 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...