भारतबाट नेपाल आउँदै गरेको बस शारदा नहरमा खस्यो, ३२ नेपालीको जीवित उद्धार
काठमाडौं । भारतको उत्तरप्रदेशमा भएको बस दुर्घटनामा परेको ३२ नेपालीको उद्धार गरिएको छ। भारतको उत्तर प्रदेश प्रान्तमा रहेको शारदा नहरमा बस खस्दा ३२ नेपाली र एक भारतीय नागरिकको जीवितै उद्धार गरिएको भारतिय संचार माध्यम टाइम्स अफ इंडियाले जनाएको छ।
उत्तर प्रदेशको लाखिमपुर जिल्लास्थित फूलबेहर गाउँमा रहेको शारदा नहरमा बुधवार बस खसेपछि त्यहाँ रहेको भारतीय प्रहरीले नेपाली नागरिकलाई जीवितै उद्धार गरेको थियो। भारतको शिमलाबाट दाङको लागि छुटेको नेपाली बस बुधबार बिहान करिब ५ बजे शारदा नहरमा खसेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाउँदा यो घटना भएको हो। टाइम्स ऑफ इंडियाका अनुसार उत्तरप्रदेशको फूलबेहर थानाका प्रहरीले सूचना पाए लगत्तै घटना स्थलमा पुगेर स्थानीयको सहयोगमा ३२ नेपाली र एक भारतीयलाई जीवितै उद्धार गरेको थियो।
त्यस्तै नहरमा खसेको बसलाई् दुई क्रेनको सहायताले बाहिर निकालेको थियो। उद्धारमा खटिएका एक प्रहरी अधिकारीका अनुसार नहर आउनु भन्दा अगाडि एउटा मोडमा चालकले कुरा गर्दै बसलाई तीव्र गतिमा लैजान खोज्दा बस नियन्त्रण भन्दा बाहिर गएको थियो। त्यसपछि बस नहरको रेलिंगमा ठोक्किएर खसेको थियो। दुर्घटनामा सामान्य घाइते भएका विरामीलाई त्यहाँको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरिएको र उद्धार गरिएका सबै नेपालीलाई उपचारपछि नेपाल पठाइएको छ।
July 11, 2019 1:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता