

पोल ढल्दा करेण्ट लागेर हिड्दै गरेका ऋषिदेवको गयो ज्यान

विराटनगर । मोरङ र सुनसरीमा बुधबार करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिकामा हिड्दै गर्दा विजुलीको खम्बा ढलेर करेण्ट लाग्दा एक बालकको मृत्यु भएको हो ।
मोरङको रंगेली नगरपालिका ५ आपगाछीका १२ वर्षीय प्रमोद ऋषिदेवको दिउँसो घर छेउमा विजुलीको खम्बा छेउमा हिडिरहेको बेला खम्बा ढलेर तारले छुदाँ करेण्ट लागेको थियो । ईलाका प्रहरी कार्यालय रंगेलीका अनुसार उनी हिड्दै गर्दा खम्बा ढलेर पोल लडेपछि करेण्ट लाग्दा घटना स्थलमै मृत्यु भएको हो ।
यस्तै सुनसरी धरान थाक्करडाँडा का ६७ वर्षीय बिर्खबहादुर राईकोपनि करेन्ट लागेर मृत्यु भएको छ। बिहान ११ बजे घरमा रेडियो बजाउन खोज्दा उनलाई करेण्ट लागेको हो । रेडियोको ज्याक मल्टिपल्कमा जोड्ने क्रममा करेन्ट लागेपछि राई बेहोस भएका थिए । उनको उपचारको क्रममा बिपिकोइराला स्वास्य्थ बिज्ञान प्रतिष्ठान धरानमा दिउसो मृत्यु भएको अस्थाई प्रहरी पोष्ट घोपाले जनाएको छ।
July 11, 2019 2:04 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

