

म लज्जित छु भन्दै प्रधानमन्त्री ओलीले मागे पहिलो पटक जनतासामु माफि

विषादी परिक्षण गर्ने सरकारी निर्णय फिर्ता लिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक जनतासामु माफि माग्नु परेको छ । भारतवाट आएको पत्रका बारेमा बोलेको पत्रका विषयलाई लिएर प्रधानमन्त्री ओलीले माफि माग्नु परेको हो । सरकारले भारतवाट आयात गरिएको फलफुल र तरकारी परिक्षण गर्ने निर्णयवाट पछि हटेपछि निकै आलोचना खेप्नु परेको थियो । भारतीय दवावका कारण सरकार सो निर्णयवाट पछि हटेको भन्दै विरोध भइरहेको थियो ।
भारतिय दुतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै सो निर्णमा पुनर्विचार गर्न भनेको थियो । तर प्रधानमन्त्री ओलीले भारतवाट पत्र आएको कुरा इन्कार गरेका थिए । उनले इन्कार गरेपछि समाचार माध्यमहरुमा भारतिय दुतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्र नै सार्वजनिक भएपछि पहिलो पटक प्रधानमन्त्री ओलीले माफि माग्नु परेको हो । उनले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै माफि मागेका छन् । मन्त्रालयका कर्मचारीले भारतबाट आएको पत्रका बारेमा समयमै आफुलाई जानकारी नदिएर गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको प्रधानमन्त्री ओलीले बताए ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइए भन्दै आफु यसवाट लज्जित भएको समेत बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उनले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु ।’
July 11, 2019 4:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

