म लज्जित छु भन्दै प्रधानमन्त्री ओलीले मागे पहिलो पटक जनतासामु माफि
विषादी परिक्षण गर्ने सरकारी निर्णय फिर्ता लिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक जनतासामु माफि माग्नु परेको छ । भारतवाट आएको पत्रका बारेमा बोलेको पत्रका विषयलाई लिएर प्रधानमन्त्री ओलीले माफि माग्नु परेको हो । सरकारले भारतवाट आयात गरिएको फलफुल र तरकारी परिक्षण गर्ने निर्णयवाट पछि हटेपछि निकै आलोचना खेप्नु परेको थियो । भारतीय दवावका कारण सरकार सो निर्णयवाट पछि हटेको भन्दै विरोध भइरहेको थियो ।
भारतिय दुतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै सो निर्णमा पुनर्विचार गर्न भनेको थियो । तर प्रधानमन्त्री ओलीले भारतवाट पत्र आएको कुरा इन्कार गरेका थिए । उनले इन्कार गरेपछि समाचार माध्यमहरुमा भारतिय दुतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्र नै सार्वजनिक भएपछि पहिलो पटक प्रधानमन्त्री ओलीले माफि माग्नु परेको हो । उनले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै माफि मागेका छन् । मन्त्रालयका कर्मचारीले भारतबाट आएको पत्रका बारेमा समयमै आफुलाई जानकारी नदिएर गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको प्रधानमन्त्री ओलीले बताए ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे आफूलाई झुक्याइए भन्दै आफु यसवाट लज्जित भएको समेत बताए । ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उनले भने, ‘विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु ।’
July 11, 2019 4:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता