Friday 1st August 2025

“जनतालाई दु:ख दिन मन छैन” भन्दै वार्ताको टेवलमा बस्न विप्लव समूह तयार

6 years अगाडी

काठमाडौ । लामो समय देखि सरकार विरोधी गतिविधि गर्दै आएको नेत्र विक्रम चन्द समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार भएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो । नागरिकलाई दुख हुने कार्य गर्न आफुहरु असमर्थ रहेकाले सरकारसँग वार्ता गरेर निकास खोज्ने उसको निश्कर्ष छ ।

नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सल्लाह अनुसार वार्तामा बस्ने निर्णय गरेको नाम नखुलाउने सर्तमा एक नेताले जानकारी दिए । उनले भने, ‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र गर्यो पत्र पठाएन् । यसपटक पार्टीले वार्ता बस्ने औपचारिक निर्णय गरेको छ । सरकार पनि इमान्दार भएर आउनुपर्छ ।’ यसअघि चन्द समूहले पक्राउ परेका नेता–कार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नगर्ने बताउँदै आएको थियो ।

यस्तै, वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने उनीहरुको बुझाई रहेको छ । ठूलो संख्यामा नेता–कार्यकर्तालाई पक्राउ गर्दासमेत आम जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरिएको हो । वार्तामा लागि सरकार कसरी प्रस्तुत हुन्छ त्यसमा भर पर्ने पनि उनले स्पष्ट पारेका छन् । उनले अहिले १ हजारभन्दा बढी नेता–कार्यकर्ता जेलमा छन् ।

यस्तै ३ जनाको मुठ*भेडका नाममा सरकारले ह*त्या गरेको उनको आरोप छ । उनले भने, ‘मान्छे मार्ने हाम्रो नीति छैन, मान्छे मारेर अब क्रान्ति हुँदैन तर सरकार चन्द समूहलाई हतियाररहित बनाउन भनेर हिँडेको छ । त्यो सपना नदेखे हुन्छ ।’ उनले आफूहरू सकभर वार्ताबाटै समाधान खोज्न तयार रहेको स्पष्ट पारेका छन् ।

          July 12, 2019 1:05 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...