सप्तकोशी नदीमा पानीको बहाव उच्च, खतराको संकेत
7 years अगाडी
Susma Dhakal
सुनसरी – अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । लगातार परेको पानीका कारण कोशीमा पानीको सतह खतराको सूचीमा आएको छ । अहिले कोशीमा एक लाख ७४ हजार क्युसेक प्रति सेकेण्ड पानी बगरिहेको कोशी ब्यारेज कन्ट्रोलले जनाएको छ । पानीको सतह बढेपछि अहिले कोशी ब्यारेजका २२ ढोका खुल्ला गरिएको छ ।
यस्तै, इटहरी विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो ।
पुल जोखिममा परेपछि बिहानबाटै एक तर्फमात्रै गाडी चलेका छन् । पुलमा रातो झण्डा गाडेर खतराको संकेत देखाइएको छ ।यसैगरी सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर जाने बाटो पहिरोका कारण अवरुद्ध भएको छ ।
July 12, 2019 1:34 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...