भारि बर्षाका कारण टेकु पुलमूनि बाढीमा डुब्यो कांग्रेस महामन्त्री कोइरालाको गाडी
7 years अगाडी
Susma Dhakal
काठमाडौंमा तीन दिन देखि परेको अविरल वर्षाका कारण जनजिवन प्रभावित भएको छ । अविरल वर्षाले विभिन्न स्थानमा क्षति पुगेको छ । बाढीका कारण नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ। शुक्रवार उनी सो सडकखण्डमा थिए । अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा उनको गाडी फसेको हो । गाडीमा कोइराला आफै सवार थिए ।
त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइरालाको गाडी बाढीमा फसेपछि उनी गाडीवाट उत्रिएका थिए । उनी केहीबेर नजिकैको चिया पसलमा अलमलिएका थिए ।कोइराला शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जान लागेका थिए । लगातारको वर्षाले सिंहदरवारको पर्खाल समेत भत्किएको छ । पर्खाल भत्किदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
July 12, 2019 3:22 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...