बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ६९ पुग्यो, ३० जना बेपत्ता
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – सरकारले बाढी, पहिरो र डुबानबाट भएको क्षतीको विवरण संकलन सुरु गरेको छ । बाढीपहिरोबाट अहिलेसम्म ६९ जनाको ज्यान गएको राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ३० जना अझै पनि हराइरहेका छन् भने ४३ जना घाइते भएका छन् । १ हजार ४ सय ४६ जनाको उद्धार गरिएको छ । अहिलेसम्म क्षतिको यकिन तथ्यांक नआएको केन्द्रका प्रमुख वेदनिधी खनालले बताउनुभयो ।
अब क्षतीको विवरण संकलनसँगै राहत वितरण, पुनर्लाभ र पुनःस्थापनाको काम हुने उहाँले जानकारी दिनुभयो । यस्तै, समान राहत वितरणको लागि एकद्वार प्रणाली लागू हुने पनि उहाँले जानकारी दिनुभयो । बाढी पहिरो प्रभावितले आफ्नो वडा कार्यालयमा राहतको लागि माग गर्न सक्नेछन् । त्यसका लागि पालिकाहरुले छुट्टै संयन्त्र पनि बनाउने केन्द्रले जनाएको छ ।
July 16, 2019 2:53 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...