नेकपा पार्टी एकतालाई लिएर अध्यक्ष प्रचण्डको यस्तो गम्भीर खुलासा
काठमाडौं । लामो समय देखि अन्यौलमा रहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता आज सम्पन्न हुने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुकीसम्म पार्टी एकताका सबै काम टुंग्याउने बताउनु भएको छ । ललितपुरमा मंगलबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकताको काम टुंग्याउने भनेअनुसार नै आज बेलुकीसम्म सबै काम सकिने स्पष्ट पार्नुभएको हो । प्रचण्डका अनुसार आज कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद, विशेष कमिटी र विभागहरू गठन गर्ने काम आज साँझसम्म सम्पन्न हुँदैछ ।
प्रचण्डले भन्नुभयो, ‘यो कार्यक्रम लगत्तै म पार्टी बैठकमा जान्छु । मूलभूत कुराहरू सकिएको छ । खाली ठाउँ भर्न मात्रै बाँकी छ ।’ उहाँले केन्द्रीय समिति बैठक पनि छिट्टै बस्ने बताउनुभयो । पार्टी एकताका सबै काम सचिवालय बैठक हुँदै केन्द्रीय समितिबाट अनुमोदन गरेपछि देशब्यापी रूपमा अभियान लिएर जनतामा जाने स्पष्ट पार्नुभयो । पार्टी कमिटी र जनतासँग सम्बन्ध सुदृढ बनाउन देशैभर अभियानमा जाने उहाँले जिकिर गर्नुभयो । सुरुवातमा पार्टी एकताको काम तीन महिनामा सक्ने भनिएको भए पनि केही ढिला भएको उहाँले स्विकार गर्नुभयो ।
July 16, 2019 5:43 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता