प्रिमियर लिगको आउँदो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने म्यानचेस्टर युनाइटेडका प्रशिक्षकको दाबी
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्कसाएरले प्रिमियर लिगको आउँदो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । बीबीसीसँग कुरा गर्दै उनले सुरुदेखिनै आउँदो सिजन आफूले हेर्ने भएकाले पनि आफू खेलाडीको प्रदर्शनमा विश्वस्त रहेको बताए । गएको सिजनको बीचमा गुनर आएका थिए । क्लबको खराब प्रदर्शन कायमै रहेपछि तत्कालीन प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्दै गुनरलाई गएको डिसेम्बर १९ मा कार्यबहाक प्रशिक्षक बनाइएको थियो ।
गएको २८ मार्चमा स्थायीरुपमा प्रशिक्षक बनेका गुनरले पछिल्लो सिजनमा १९ मध्ये १४ खेल जितेका थिए । म्यानचेस्टर युनाइटेड गएको सिजनमा छैटौँ हुँदै लिग टुंग्याएको थियो । जसका कारण च्याम्पियन्स लिग खेल्नबाट भने बञ्चित हुन पुग्यो ।
बीबीसीसँगको कुराकानीमा गुनरले आउँदो सिजनका लागि एलेक्सिस सान्चेज, पउल पोग्बा युनाइटेडका महत्वपूर्ण खेलाडी हुने विश्वास पनि व्यक्त गरे ।उनले आफूले आउँदो लिगमा टप फोरमा पर्ने लक्ष्य दिएको बताउँदै यसका लागि खेलाडीहरुको प्रदर्शनमा भर पर्ने पनि बताए । तर उनले खेलाडीको प्रदर्शनमा शंका गर्ने ठाउँ नभएको भन्दै उनीहरुबाट आफूले र क्लबले ठूलो आशा गरेको पनि उल्लेख गरे ।
July 17, 2019 11:01 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी