ब्राजिललाई २-१ ले स्तब्ध बनायो बेल्जियमले, ट्रफी युरोपमै रहने !
काठमाडौं, २३ असार । पाँच पटकको विश्व विजेता ब्राजिललाई बेल्जियमले स्तब्ध बनाएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई बेल्जियमले २-१ पराजित गर्दै क्वाटरफाइनलबाटै घर फर्काएको हो ।रुसको काजान एरिनामा भएका प्रतिस्पर्धात्मक क्वार्टरफाइनलको भिडन्तमा मध्यान्तरअघि गरेको २ गोल नै बेल्जियमको जितमा निर्णायक बन्यो । बेल्जियमको जितका लागि गोलरक्षक थियागो कोट्वाको प्रदर्शनले धेरै मद्दत गर्यो । खेलको १३ औं मिनेटमै बेल्जियमको प्रहार क्लियर गर्न लाग्दा फर्नान्डिन्होले आफ्नै पोष्टमा गोल गर्न पुगे । आत्मघाती गोलबाट पछाडि परेको ब्राजिलविरुद्ध ३१औं मिनेटमा अर्को गोल गर्दै बेल्जियमले अग्रता दोब्बर बनायो । मिडफिल्डर केभिन डी ब्रुयेनले २० यार्ड टाढाबाट गरेको प्रहार गोलमा रुपान्तरण भयो ।
दोस्रो हाफमा ब्राजिलले १ गोल फर्कायो । धेरै अवसरहरु सिर्जना गरे पनि गोलमा रुपान्तरण गर्न नसक्दा ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो । काउन्टर अट्याट र पोष्टमा फलामे सुरक्षा नै बेल्जियमको जितका लागि सशक्त पक्ष रहे ।विश्वकपमा सेमिफाइनलसम्मको बेल्जियमको यो दोस्रो यात्रा हो । यसअघि सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकपको क्वार्टरफाइनलमा पेनाल्टी शुटआउटमा स्पेनलाई ५–४ ले हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।बेल्जियमको यो जितसँगै विश्वकप ट्रफी युरोपमै रहने सम्भावना बढेको छ । विश्वकपको यसअघिका २० संस्करणमध्ये ११ संस्करण युरोपेली र ९ संस्करण दक्षिण अमेरिकी टोलीले जितेका छन् । यस संस्करणमा युरोपेली टोलीमा एउटा उपाधि थपिने भएको निश्चित भएको छ ।विश्वकपमा अब फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड, स्विडेन, क्रोएसिया र आयोजक रुस बाँकी छन् । शनिबार हुने तेस्रो र चौथो क्वार्टरफाइनल खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । बाँकी रहेका ६ टिममध्ये फ्रान्स र इंग्ल्याण्डले मात्रै यसअघि विश्वकपको उपाधि जितेका छन् ।
July 7, 2018 12:03 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)