झापाका एक वडाध्यक्षले फिर्ता गरे ६५ हजार रुपैयाँ बेरुजु भत्ता
झापा,झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्ताबापत लिएको ६५ हजार रुपैयाँ फिर्ता गरेका छन् । नेपाली कांग्रेसबाट निर्वा्चित वडाध्यक्ष तामाङले मंगलबार नगरपालिकामा आएर सो रकम फिर्ता गरेको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनपछि विसं २०७४ पुस २७ गते मेचीनगर नगरपालिकाको पहिलो नगरसभाले जनप्रतिनिधिको सेवासुविधा तोक्ने क्रममा वडाध्यक्षलाई मासिक भत्ता रु २३ हजार ५०० दिने निर्णय गरेको थियो । तर, २०७५ जेठ १३ गते प्रदेश नं १ ले नगर तथा गाउँपालिकाका जनप्रतिनिधिको सेवासुविधा सम्बन्धमा पारित गरेको कानूनमा नगरपालिकाका वडाध्यक्षको मासिक भत्ता रु २० हजार मात्र हुने उल्लेख भयो ।
महालेखा परीक्षकको प्रतिवेदनमा प्रदेशको कानून बन्नुअघि लिएको बढी सेवासुविधालाई बेरुजुमा राखेर जनप्रतिनिधिबाटै असुल गर्नुपर्ने उल्लेख गरिएको छ । मेचीनगर नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत जनप्रतिनिधिले प्रदेश कानून बन्नुअघि बढी सेवासुविधा लिएवापत बेरुजुमा परेको मासिक भत्ता रु ४५ लाख रहेको छ ।
त्यस्तो बेरुजु फिर्ता गर्ने पहिलो जनप्रतिनिधि वडाध्यक्ष तामाङ भएका छन् । ‘कानूनभन्दा माथि कोही हुँदैन, बेरुजु देखिएको सेवासुविधा मैले इमान्दारीपूर्वक फिर्ता गरेको हूँ’, सेवासुविधा फिर्ता गरेका वडाध्यक्ष तामाङ भन्छन्, ‘अरु जनप्रतिनिधिले पनि यसरी नै नगरपालिकालाई सेवासुविधा फिर्ता गर्नुपर्छ ।’
मेचीनगरको पहिलो नगरसभाबाट नगरप्रमुखको रु ४० हजार १५०, उपप्रमुखको रु ३५ हजार, वडाध्यक्ष र कार्यपालिका सदस्यको रु २३ हजार ५०० र वडा सदस्यको रु सात हजार मासिक पारिश्रमिक हुनेगरी निर्णय भएपछि सोहीअनुसार जनप्रतिनिधिले सेवासुविधा लिएका थिए ।
तर, प्रदेशसभाले पारित गरेको सुविधासम्बन्धी ऐनमा नगरप्रमुखको रु ३० हजार ५००, उपप्रमुखको रु २६ हजार ६००, वडाध्यक्षको रु २० हजार, कार्यपालिका सदस्यको रु १२ हजार ५०० र वडा सदस्यको रु छ हजार ५०० मासिक भत्ता तोकिएको छ । सोहीअनुसार २०७४ साउनदेखि २०७५ जेठसम्मको अवधिमा मेचीनगरका जनप्रतिनिधिले लिएको बढी पारिश्रमिक फिर्ता गर्नुपर्ने भएको हो । रासस
July 17, 2019 5:08 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता