पाँच वर्षमा ४६ हजार ७ सय ९२ दुर्घटना, १० हजार २ सय ७८ को मृत्यु
काठमाडौं – सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देशभर १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष दुई हजार सर्वसाधारणको ज्यान दुर्घटनामै जाने गरेको छ ।
यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको भन्दा झन्डै दुई गुणा धेरै हो । तथ्यांकअनुसार मुलुकभर प्राकृतिक विपत्तिबाट मात्रै प्रत्येक वर्ष ९ सय सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४ ७५ को वैशाख मसान्तसम्म मुलुकभर सवारी दुर्घटनाका ९ हजार ५० घटना भए । दुर्घटनामा २ हजार ९७ ले ज्यान गुमाए । १० हजार २ सय ३३ घाइते भए ।
चालकको लापरबाही
सरकारी तथ्यांक विश्लेषण गर्दा मुलुकभर हुने झन्डै ७४ प्रतिशत सवारीसाधन दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको देखिन्छ । तथ्यांकअनुसार पाँच वर्षको अवधिमा मुलुकभर भएका ४६ हजार ७ सय ९२ सवारी दुर्घटनामा ३४ हजार पाँच सय २५ दुर्घटना चालकको लापरबाहीले भएको छ । यो जम्मा दुर्घटनाको ७३.७८ प्रतिशत हो ।
July 7, 2018 12:19 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)