यस्तो छ रियाल, रिंगिट, दिर्हाम, दिनार र वनको विनिमय दर
काठमाण्डौ – शुक्रबार अमेरिकी डलरसहित, रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ८० पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकेको थियो । आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ । हिजो पनि खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रीदर २९ रुपैयाँ ४४ पैसा रहेको थियो ।
कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको थियो।आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०६ पैसा रहेको थियो । शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७४ पैसा र बिक्रीदर २६ रुपैयाँ ८९ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८३ पैसा थियो ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा छ । हिजो पनि खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसानै थियो ।कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४३ पैसा छ । हिजो खरिददर ३६० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५२ पैसा थियो। यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४४ पैसा छ । हिजो खरिददर २९१ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९२ रुपैयाँ ९७ पैसा रहेको थियो ।
July 19, 2019 10:27 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा