प्रधानमन्त्री र मन्त्रीका फोटो जल्न थाले : जातिय विभाजनका लागि गम्भीर षड्यन्त्रको गन्ध
काठमाडौ । लोक सेवा आयोगको विज्ञापन विरोधको नाममा कसले कलहको बिऊ रोप्दै छ ? अब सोच्ने बेला आएको छ । यो कलहको महान कहाँ छ । आरक्षणको नाममा जातिय दुरी बढाउने काम भइरहेको छ । यहीको एक स्वरुप हो प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको फोटो जलाइनु, अनावश्यक हठ राखेर बिरोधमा उत्रिनु । यसले पक्कैपनि देशलाई सजिलो बनाउँदैन ।
लोक सेवा आयोगले समावेशी सिद्धान्तविपरीत स्थानीय तहमा विज्ञापन खुलाएको विरोधमा तराई मधेश राष्ट्रिय परिषदले विरोध जनाउँदै प्रदर्शन गरेको थियो । प्रदर्शनकारीले भृकुटीमण्डपदेखि सुरू गरेको र्याली शहीदगेट, असन हुँदै बांगेमुढासम्म पुगेको थियो। बांगेमुढामा पुगेर प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमीसुधार तथा सहकारी मन्त्री पद्मा अर्याल र सरकारका प्रवक्ता गोकुल बाँस्कोटाका फोटोहरू जलाए।
मन्त्रीहरूको तस्वीर जलाएपछि आन्दोलनकारीले इन्द्रचोकमा गई कोणसभा गरेका थिए। पाँच सय ५५ स्थानीय तहका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसका आधारमा आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदका लागि विज्ञापन खुलाएको थियो। उक्त विज्ञापन संविधानले सुनिश्चित गरेको समावेशी सिद्धान्तविपरीत रहेको भन्दै फिर्ता लिन दबाबमूलक कार्यक्रम गरिँदै आएको छ।
यो प्रकरणपछि एकातिर पहिले आरक्षण पाउँदै आएका दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्र पहिलेको भन्दा अझै धेरै भाग खोज्दै आन्दोलनमा होमिएका छन् । यता विपन्न भएपनि राज्यको अवसरमा जातकै आधारमा विभेद भएको भन्दै खस क्षेत्रीहरुलेपनि आन्दोलनको चेतवानी दिएका छन् । उनीहरुले जातिका आधारमा नभई वर्गका आधारमा आरक्षण दिनुपर्ने माग अघि सारेका छन् । यसले गर्दा मुलुकमा जातिय मत विभाजनको भय देखिन्छ । यसलाई समयमा नै सही दिशा दिनु राज्यको कर्तव्य हुनेछ । अन्यथा देशलाई अप्ठ्यारो पर्न सक्छ ।
July 20, 2019 12:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता