भप्सी खोलाको पुल फेरी बाढीले बगायो , पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा रहेको भप्सी पुल बनाईएको अस्थायी डाइभर्सन समेत बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
केही दिन अघि निरन्तर भएको बर्षापछि आएको बाढीले पुल बगाएपछि अस्थायी डाइभर्सनमार्फत यातायात सुरु गरिएको थियो तर आज बिहान आएको बाढीले अस्थायी डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध भएको हो । अस्थायी डाइभर्सन पनि बगाएपछि यातायात अवरुद्ध हुँदा यात्रुहरु बाटैमा अलपत्र परेका छन् । राजमार्गमा सवारीको लाम लागेको छ ।
प्रहरीका अुनसार पानीको बहाव घटेपछि मात्र सवारी संचालन हुनेछ । यसैगरी बर्षाकै कारण पहिरो खसेपछि मेची राजमार्ग पनि अवरुद्ध बनेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पांग्रेभिरमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार त्यहाँ पहिरो पन्छाउँन निकै कठिन भईरहेको छ र यसैगरी काठमाडौँ फाखेल र सिस्नेरी हुँदै हेटौँडा जाने बाटो पनि सुचारु हुन सकेको छैन । उक्त बाटो खुलाउँन अझै केही समय लाग्ने भएको छ भने हेटौडा काठमाडौँ जोड्ने कान्ति लोकपथमा पनि यातायात संचालन हुन सकेको छैन ।
July 20, 2019 12:59 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता