बुद्धकाे मूर्ति निर्माणका लागि बेलायतबाट ३० लाख सहयोग
काठमाडौं । बेलायतमा रहेका नेपालीले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–६ दरौ–थाप्लेमा निर्माणाधीन बुद्ध मूर्तिका लागि आर्थिक सहयोग गरेका छन्।जुनकिरी च्यारिटी ग्रुपका सदस्य पार्वती गुरुङको पहलमा सङ्कलित ३० लाख आज पोखरामा आयोजित एक कार्यक्रमका बीच निर्माण समितिलाई प्रदान गरिएको छ।
दरौ–थाप्ले बुद्ध मूर्ति निर्माण समितिका संयोजक विश्व गुरुङलाई पार्वती गुरुङका तर्फबाट विष्णु गुरुङ र जमुना गुरुङले उक्त रकम हस्तान्तरण गरे।समितिका संयोजक गुरुङले विदेशमा रहेका नेपालीको सहयोगले निर्माणाधीन कार्यमा थप सहयोग भएको भन्दै आभार व्यक्त गरे। गुरुङले बुद्धको मूर्तिले दरौ शिरुबारीको धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे।
दरौ थाप्ले लेक भ्यू टावर एण्ड रिसोर्टका अध्यक्ष एवं निर्माण समितिका सदस्य बलराम गुरुङले स्याङजाको प्रसिद्ध थाप्ले लेकमा निर्माण भइरहेको प्रतिमाले पर्यटनको विकासमा सघाउ पुर्याउने बताए।करीब ५५ फिट अग्लो बुद्धको मूर्ति आगामी वैशाख पूर्णिमासम्म निर्माण सम्पन्न हुने र रु एक करोड बढी लागत लाग्ने उनको भनाइ थियो।सोही कार्यक्रमका पोखरा बगालेटोल बस्दै आएका कृष्ण र लक्ष्मी गुरुङले संयुक्त रुपमा रु एक लाख दुई हजारसमेत हस्तान्तरण गरे।
July 23, 2019 11:56 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता