बिलु यादवले नातिनी भेटे, छोरा भेट्न पाएनन्
विराटनगर । भारतबाट नेपाल बस्दै आएका छोरा, बुहारी र नातिनी भेटन ५५ वर्षिय बिलु यादवको सुनसरीकाे देवानगञ्जमा हत्या भएको छ । सोमबार बिहान छोराको डेरा नजिकै रहेको मन्दीरमा बास बसेका यादवको धारिलो हतियार दबियाको प्रयोग गरी हत्या भएको हो । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
धार्मिक कार्यक्रममा यात्रा गरीररहने यादव चार दिन अघि सुनसरी आएका थिए । छोरा बुहारी र नातिनी भेट्न आएका उनले छोरालाई भेट्न पाएका थिएनन् । उनका छोरा बुहारी देवागञ्ज गाउँपालिका–२ मा डेरा गरी बस्छन् । यादव भारतबाट छोरा भेट्न आएपनि उनका छोरा भने कामको शिलशिलामा भारत नै गएका छन् । डेरामा बुहारी मात्र भएका कारण उनी खाना डेरामै खाएर बास बस्न भने मन्दिरको आश्रम आउथे । छोरालाई पर्खिएर बसेका उनको सोमबार हत्या भएको हो ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५० वर्षिय महानन्द मेहतालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका मेहताका दाजुको घरमा बिलका छोरा बुहारीको डेरा छ । मन्दीर परिसरमा बसीरहेको अवस्थामा एक्कासी हतियार प्रहार भएको सुनसरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाल प्रारम्भिक अनुसन्धानमा हत्या गर्नुको कुनै कारण नखुलेको बताउँछन् । धार्मिक कार्यक्रमहरुमा यात्रा गरिरने यादव डेरामा छोरा नभएका कारण मन्दीरमा बास बस्दै आएका थिए । हत्यामा संलग्न भएका व्यक्तिले कुनै सिसिबिईका कारण हत्या गरेको हुन सक्ने बताउँदै उनले अनुसन्धान सुरु गरिएको बताए ।
July 24, 2019 3:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता