विदेशमा मृत्यु भएकाको शव घरसम्म पुर्याउन मात्रै एक करोड ५६ लाख खर्च
काठमाण्डौ – आर्थिक वर्ष २०७५/७६ मा विदेशमा मृत्यु भएकाको शव घरसम्म पुर्याउनका लागि मात्रै एक करोड ५६ लाख ६० हजार ५ रुपैयाँ खर्च भएको छ । विदेशमा मृत्यु हुनेका शव विमानस्थलदेखि मृतकको घरसम्म सरकारले निशुल्क पुर्याउने व्यवस्था गरेको छ । विदेशमा मृत्युभएका ७८३ जनाको शव विमानस्थलबाट मृतकको घरसम्म पुर्याउन गएको आर्थिक वर्षमा मात्रै यो रकम खर्च भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
गएको वर्ष सबैभन्दा बढी मलेसियामा ५ महिला सहित २२९ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । बोर्डका अनुसार साउदी अरबमा एक महिलासहित १९४ र यूएईमा १० महिलासहित ८५ जनाले ज्यान गुमाएका छन् । कुवेतमा २९ जना र कोरियामा २० जनाले रोजगारीको क्रममा ज्यान गुमाएको बोर्डको तथ्याँक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको सङ्ख्या भने घटेको छ । आर्थिक वर्ष २०७४/७५ मा ८ सय २१ जना नेपाली कामदारले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए ।
सम्बन्धित समाचार : एक वर्षमा ७५३ नेपालीले विदेशमा ज्यान गुमाए, क्षतिपूर्ति बापत ४८ करोड ४९ लाख खर्च
करार अवधिभित्रै ज्यान गुमाउने मृतकका आफन्तलाई क्षतिर्पर्ति स्वरुप सरकारले ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । २३ महिला र ७३० जना पुरुष गरी ७५३ जनाका परिवारले बोर्डबाट क्षतिपुर्ती बापतको रकम लिएका छन् । जसमध्ये ७१५ जनाका परिवारले ७ लाख रुपैयाँका दरले क्षतिपूर्ति रकम पाएका छन् भने ३८ जनाका परिवारले १० हजार रुपैयाँ पाएका छन् ।
समयमै क्षतिपूर्ति रकम दावी गर्न नआएको, करार अवधिसकिए पछि मृत्यु हुने लगायत कामदारका परिवार जो क्षतिपूर्ति रकमका लागि योग्न नभए पनि सहयोग स्वरुप १० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था भएकाले यो रकम दिइएको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताउनुभयो । यस्तै, विदेशमा करार अवधिभित्रै अंगभंग वा विरामी भएर फर्किएका ३३५ जनालाई बोर्डले आर्थिक सहायत उपलब्ध गराएको छ । अंगभंग भएकालाई आर्थिक सहायत स्वरुप ९ करोड १४ लाख १३ हजार ६९९ रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।
विदेशमा रहेका २९ परिवारलाई औषधोपचार स्वरुप १२ लाख १५ हजार रुपैयाँ खर्च भएको छ । विदेश अलपत्र कामदारलाई नेपाल झिकाउनका लागि टिकट बापतको खर्च स्वरुप नेपाली नियोगहरुलाई ६५ लाख ६५ हजार ५५४ रुपैयाँ खर्च भएको छ । यस्तै अलपत्र कामदारको शव नेपाल ल्याउनका लागि बोर्डले नेपाली नियोगलाई गएको वर्ष मात्रै ७८ लाख ५८ हजार ८०६ रुपैयाँ पठाएको छ ।
अभिमुखी करण तालिमका लागि १० लाख ३६ हजार र विदेशमा ज्यान गुमाउनेकाका बालबच्चालाई छात्रवृत्तिका लागि १ करोड ४८ लाख ६५ हजार २४ रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । सबै गरेर गएको वर्ष ६२ करोड ३६ लाख ५४ हजार ८८ रुपैयाँ खर्च भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
July 24, 2019 3:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता