नेपाल एअरलाइन्स भदौ १२ गतेदेखि जापान उड्ने, टिकङ बुकिङ सुरु
काठमाण्डौ – नेपाल वायुसेवा निगमले भदौ १२ गते अर्थात अगष्ट २९ तारिखदेखि काठमाडौं–ओसाका उडान गर्ने भएको छ ।निगमले गएको असार १९ गतेदेखि ओसाका उडान गर्ने भनेर केही टिकट बेचे पनि यात्रु नभएको भन्दै उडान स्थगित गरेको थियो । अब भदौ २९ गतेदेखि हप्तामा २ वटा उडान हुने निगमका प्रवक्ता गणेश चन्दले उज्यालोलाई जानकारी दिनुभयो ।
‘यसअघि हामीले उडानको तयारी गरे पनि एजेन्टले राम्रोसँग काम नगर्दा यात्रु पाएनौँ, तर अब नयाँ एजेन्ट राखेर टिकङ बुकिङ खुला गरिसकेका छौँ, अब भने उडान स्थगित हुँदैन ’ चन्दले भन्नुभयो ।
अहिले धेरैले नेपाल–जापान उडानको बारेमा जानकारी राखेको र केहीले टिकट नै बुकिङ गरिसकेको उहाँले बताउनुभयो । प्रवक्ता चन्दका अनुसार काठमाण्डौबाट ओसाका जाने पहिलो उडानको लागि ३ जनाले टिकङ बुकिङ गरिसकेका छन् भने फर्कँदालाई ७ जनाले बुकिङ गरेका छन् ।
‘हामीसँग अझै १ महिनाभन्दा धेरै समय बाँकी छ, एजेन्टलाई अलि धेरै सक्रिय बनाउन सकेमा यात्रु नहुने कुरा आउँदैन, सुरु–सुरुमा त कम यात्रु भए पनि उडाउनैपर्छ’, उहाँले भन्नुभयो ।
निगमले ओसाका उडान नेपाली यात्रुको लागि भन्दा पनि जापानी यात्रुका लागि लक्षित रहेको बताएको छ । ओसाका क्षेत्रमा नेपाली नागरिक कम भएको र पर्याप्त यात्रु नपाउने भन्दै निगमलाई नारिता उडान गर्न सुझाव आए पनि ओसाका नै उडान गर्ने तयारीमा छ ।
नेपाल एअरलाइन्सले काठमाण्डौ–ओसाकाको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा ७७ हजार रुपैयाँ तोकेको छ ।निगमले सन १९९४ देखि २००७ सम्म जापानमा साताका दुई उडान गरेको गरेको थियो । तर जहाज अभाव हुँदै गएपछि १२ वर्ष अघिदेखि नेपालबाट जापानको सिधा उडान रोकिएको छ । १२ वर्ष अघिदेखि गुमेको मौका निगमले फेरि फर्काउने प्रयास गरिरहेको छ ।
July 24, 2019 5:09 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता