गुण्डागर्दी सह्य हुँदैन : प्रहरी निरीक्षक बस्नेत
साउन ९,बाँके : वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख एवं प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले नगर क्षेत्रमा कुनै पनि किसिमको गुण्डागर्दी सह्य नहुने बताएका छन् । दुई साताअघि वडा प्रहरी कार्यालयको नेतृत्व सम्हालेका प्रहरी निरीक्षक बस्नेतले गुण्डागर्दी, चोरी र लागुऔषध कारोबार तथा दुव्र्यसन नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।
प्रहरी निरीक्षक बस्नेतले गण्डागर्दीविरुद्ध प्रहरीले शून्य सहनसिलताको नीति अख्तियार गर्ने पनि जानकारी दिँदै भने, ‘नगरमा गुण्डागर्दी शून्य बनाउँछु । त्यसमा (गुण्डागर्दीप्रति) कुनै सम्झौता हुँदैन ।’ नेपालगन्जमा क्रियाशित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा उनले शान्ति सुरक्षा प्रभावकारी बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँदै सबैको साथ र सहयोगको खाँचो रहेको औल्याए ।
अध्ययनका क्रममा आफूले लामो समय नेपालगन्जमा विताएकाले यहाँको वस्तुस्थितिबारे जानकार रहेको र केही दिनको काम गराइको क्रममा समेत यहाँका चुनौतिहरुबारे साक्षात्कार हुने मौका पाएको भन्दै प्रहरी निरीक्षक बस्नेतले नेपालगन्ज नगरवासीलाई शान्ति सुरक्षाको महशुस दिलाउने अठोट रहेको पनि सुनाए । उनले भने, ‘सुरक्षाका लागि २४ सैं घण्टा तयार छु, नगरबासीहरुमा सुरक्षित र भयरहित वातावरण होस्, त्यसका लागि प्रहरी सधैं नागरिकको साथमा छ ।
जनशक्ति र श्रोतसाधनको अभाव !
प्रहरी निरीक्षक बस्नेतले शान्तिसुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने बताइरहँदा वडा प्रहरी कार्यालयमा भौतिक श्रोतसाधन र जनशक्तिको अभाव छ । न्यून जनशक्ति र श्रोतसाधन अभावले वडा प्रहरी कार्यालयको कार्यसम्पादन विगतदेखि नै अपेक्षित प्रभावकारी हुन नसकेको यथार्थ छ । नगरमा १७ वटामात्र वडा हुँदा कायम गरिएको वडा प्रहरी कार्यालयको ९९ जनाको दरवन्दी अहिले पनि कायमै छ ।
जबकी ६ वटा साविकका गाविसहरु नगरमा जोडिएका छन् । वडा प्रहरी कार्यालयमा नगरपालिका हुँदा कायम गरिएको दरवन्दी उपमहानगरपालिका भइसक्दा पनि बढाइएको छैन । जसका कारण भित्री बस्तीबाहेकका गाउँटोलमा प्रभावकारीरुपमा सुरक्षा गस्ती गर्न वडा प्रहरी कार्यालयले सकिरहेको छैन ।
त्यसो त वडा प्रहरी कार्यालयमा अहिले दरवन्दी अनुसारकै जनशक्ति पनि छैन । ९९ जनाको दरवन्दीमा अहिले ६३ जना प्रहरी कर्मचारी अहिले वडा प्रहरी कार्यालयमा कार्यरत छन् । जसमा पनि १५/२० जना दैनिकजसो विदामै रहने गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको शान्तिसुरक्षाको मुख्य जिम्मेवार मानिएको वडा प्रहरी कार्यालयमा दैनिक सरदर ४० जना प्रहरी कर्मचारी मात्र हुन्छन् ।
अपराध अनुसन्धानमा सघाउका लागि नगरक्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराहरुको अवस्था पनि नाजुक छ । नगरका विभिन्न चोक र सडकमा जडान गरिएका ५६ मध्ये अहिले ११ वटा सीसीटीभी क्यामेरा मात्र चालु अवस्थामा छ । यसैले पनि अहिले नगरमा प्रहरीको मोबिलाइजेशन (परिचालन) अधिकतम स्थानहरुमा हुनुपर्ने देखिन्छ । तर प्रहरी जनशक्ति अभाव यस्तो छ कि, मुख्य चोक र प्रहरी बिटमा समेत प्रहरीलाई ड्युटीमा खटाउन सकिएको छैन ।
गस्तीका लागि पर्याप्त दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनको अभाव पनि वडा प्रहरी कार्यालयमा उस्तै छ । वडा प्रहरी कार्यालयमा अहिले २ वटा मात्र चार पाङ्ग्रे गाडी छ भने मोटरसाइकल त एउटा पनि छैन । दुई वटा चार पाङ्ग्रे गाडी पनि पटक–पटक विग्रिँदा समस्या हुने गरेको छ ।
July 25, 2019 1:40 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता