Thursday 28th May 2026

झापामा गोलभेँडाको मूल्य नपाउँदा किसान मारमा

8 years अगाडी

बनियानी, झापा, २२ असार । गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् ।किसानको खेतबाट प्रतिकिलो  ६ मा खरीद गरेको गोलभेँडा व्यापारीले  ४० मा बिक्री गरिरहेका छन् । बिर्तामोडस्थित कृषि उपज थोक बजार केन्द्रमा भेटिएका पाँचथर अमरपुरका नवराज उप्रेतीले खेतबाट प्रतिकिलो  ६ देखि  ८ सम्ममा गोलभेँडा बिक्री गरेको बताए ।

उनले भने, ‘यसपाली गोलभेँडा पर्याप्त उत्पादन भएको छ, उचित मूल्य पाइएको छैन ।’ व्यापारीले विभिन्न बहाना बनाएर किसानलाई उचित मूल्य दिन मान्दैनन् ।तरकारी व्यापारी रामभुषण शाह प्रतिकिलो गोलभेँडा  ४० मा बिक्री गरिरहेको बताउछन् । उनले खुद्रा व्यापारीलाई  १५ देखि  १८ सम्ममा प्रतिकिलो गोलभेँडा बिक्री गरिरहेको बताए ।

तरकारी खरिद गर्न आएकी विर्तामोड–३ की चन्द्रकला आचार्य व्यापारीले भनेकै मूल्यमा किन्नुपर्ने बाध्यता भएको बताउछिन् । ‘मूल्य सूची छैन, एउटा पसमा गयो, एउटा मूल्य हुन्छ अर्कोमा गयो अर्कै’, उनले भने, ‘एउटै तरकारीको पसलैपिच्छे फकर फरक मूल्य छ ।’जिल्लाका अधिकांश बजारमा यस्तै समस्या छ । व्यापारीले आफूखुशी मूल्य निर्धारण गरेर उपभोक्ताको ढाड सेक्ने काम गरिरहेका छन् । किसानले लगानीको प्रतिफल पाउन सकेका छैनन् । कृषिथोक केन्द्रमा तरकारीको मूल्य निर्धारण गर्ने दरिलो निकाय नहुँदा व्यवसायीले आफै मनलाग्दी मूल्य निर्धारण गरिरहेका छन् ।

          July 7, 2018 2:48 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...