गोपनियता संरक्षण गर्न नसक्दा फेसबुकलाई पाँच अर्ब डलर जरिवाना
विराटनगर । विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकलाई अमेरिकाले पाँच अर्ब डलर जरिवाना तिराउने निर्णय गरेको छ । गोपनीयता संरक्षण गर्न नसकेको दाबि गर्दै अमेरिकाले पाँच अर्ब डलर जरिवाना तिराउने निर्णय गरेको हो ।
फेसबुकले मासिक करिब दुई अर्ब डलर आम्दानी गर्छ । अमेरिकी संघीय व्यापार आयोग (एफटीसी)ले जरिवाना तिराउने निर्णय गरेपछि फेसबुकको अढाई महिनाको आम्दानी गुमाउनेछ बीबीसीका अनुसार एफटीसीले फेसबुककालागि गरेको हाल सम्मकै ठूलो जरिवाना हो ।
एफटीसीका अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लंघन घटाउन र गोपनीयताको संस्कृति विकास गर्न जरिवाना लगाइएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।व्यक्तिगत गोपनीयता संरक्षण नगरेको आरोपमा फेसबुकमाथि अनेक आरोपहरु लाग्दै आएका छन् । समाचारमा जनाइए अनुसार राजनीतिक परामर्शदाता कम्पनी क्याब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेपछि एफटीसीले छानबिन सुरु गरेको थियो ।
July 25, 2019 2:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता