नेपाललाई विश्वसामु चिनाउन श्रृङ्खला खतिवडा फ्रान्सको हिमालमा फहराइन् नेपालको झण्डा
काठमाडौं। पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा फ्रान्स र नेपालको मैत्री सम्वन्धको अवसरमा जुलाई १५ देखि फान्स भ्रमणमा छन् । भ्रमणका अवसरमा युरोपको सबै भन्दा ठुलो हिमाल समेत आरोहण गरेकी छन् । उनले हिमाल आरोहण गरेर नेपाल चिनाउने काममा महत्वपुर्ण काम गरेको भन्दै बधाई पाएकी छन् । खतिवडाले हिमाल चढेर नेपालको झण्डा समेत सफलता पूर्वक फहराएको दुतावासले जनाएको छ ।
निकै कठिनका साथ हिमाल आरोहण गरेर नेपाल र फ्रान्सको झण्डा गाढेर हिजो मात्र फर्कीएको श्रृङ्खलाकी आमा मुनु सिग्देलले बताइन् । नेपाललाई विश्वसामु चिनाउन र नेपाल भैमण वर्ष २०२० लाई सफल पार्न हिमाल आरोहण गरिएको सिग्देलको भनाई छ ।युरोप भ्रमणको डेढ महिनाको कार्यतालिका अनुसार फ्रान्समा हिमाल चढेर फकिएपछी अमेरीका जाने र युरोपका बिभीन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेको छ । श्रृङ्खलाले सफल पूर्वक हिमाल चढेर नेपाल र फ्रान्सको झण्डा फहराउन सफल भएकोमा फ्रान्समा रहेको नेपाली दुतावासले बधाई दिएको छ । हिमाल चढेकोमा दुतावासले बिज्ञप्ती जारी गर्दै बधाई दिएको हो ।
July 25, 2019 3:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता