

नेपाललाई विश्वसामु चिनाउन श्रृङ्खला खतिवडा फ्रान्सको हिमालमा फहराइन् नेपालको झण्डा

काठमाडौं। पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा फ्रान्स र नेपालको मैत्री सम्वन्धको अवसरमा जुलाई १५ देखि फान्स भ्रमणमा छन् । भ्रमणका अवसरमा युरोपको सबै भन्दा ठुलो हिमाल समेत आरोहण गरेकी छन् । उनले हिमाल आरोहण गरेर नेपाल चिनाउने काममा महत्वपुर्ण काम गरेको भन्दै बधाई पाएकी छन् । खतिवडाले हिमाल चढेर नेपालको झण्डा समेत सफलता पूर्वक फहराएको दुतावासले जनाएको छ ।
निकै कठिनका साथ हिमाल आरोहण गरेर नेपाल र फ्रान्सको झण्डा गाढेर हिजो मात्र फर्कीएको श्रृङ्खलाकी आमा मुनु सिग्देलले बताइन् । नेपाललाई विश्वसामु चिनाउन र नेपाल भैमण वर्ष २०२० लाई सफल पार्न हिमाल आरोहण गरिएको सिग्देलको भनाई छ ।युरोप भ्रमणको डेढ महिनाको कार्यतालिका अनुसार फ्रान्समा हिमाल चढेर फकिएपछी अमेरीका जाने र युरोपका बिभीन्न देशको भ्रमण गर्ने कार्यक्रम रहेको छ । श्रृङ्खलाले सफल पूर्वक हिमाल चढेर नेपाल र फ्रान्सको झण्डा फहराउन सफल भएकोमा फ्रान्समा रहेको नेपाली दुतावासले बधाई दिएको छ । हिमाल चढेकोमा दुतावासले बिज्ञप्ती जारी गर्दै बधाई दिएको हो ।
July 25, 2019 3:10 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

