सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका २६ कपुरधारा सगरमाथा चोकस्थित सडकमा ३ जना सवार रहेका बा ३० प ७३४८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किन गई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा वारपाक सुनिकोट गाउँपालिका ५ बस्ने २३ बर्षीय मनोज कुमार खड्काको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकलमा सवार रहेका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको हो।
पाल्पा, तिनाउँ गाउँपालिका ३ श्रीडाँडा ढुंगाखानीस्थित लु ४५ प ७८१२ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३१ बर्षीय चालक बुद्ध बहादुर दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको छ।
लमजुङ, मर्स्याङ्दी गाउँपालिका(४ च्याम्चेस्थित सडकमा ग १ ज ६७८६ नम्बरको बलेरो जिप सडकबाट बुधबार राति करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक तनहुँ व्यास नगरपालिका दमौली बस्ने करिब ३५ बर्षीय धन बहादुर आचार्यको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
July 26, 2019 11:20 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा