सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका २६ कपुरधारा सगरमाथा चोकस्थित सडकमा ३ जना सवार रहेका बा ३० प ७३४८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किन गई बिहीबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा वारपाक सुनिकोट गाउँपालिका ५ बस्ने २३ बर्षीय मनोज कुमार खड्काको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ। मोटरसाइकलमा सवार रहेका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको हो।
पाल्पा, तिनाउँ गाउँपालिका ३ श्रीडाँडा ढुंगाखानीस्थित लु ४५ प ७८१२ नम्बरको मोटरसाइकल बिहीबार बिहान अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३१ बर्षीय चालक बुद्ध बहादुर दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटबलमा उपचारको क्रममा मृत्यु भएको छ।
लमजुङ, मर्स्याङ्दी गाउँपालिका(४ च्याम्चेस्थित सडकमा ग १ ज ६७८६ नम्बरको बलेरो जिप सडकबाट बुधबार राति करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक तनहुँ व्यास नगरपालिका दमौली बस्ने करिब ३५ बर्षीय धन बहादुर आचार्यको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
July 26, 2019 11:20 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता