पोखरा बिजयपुरको बेलिब्रीजबाट गाडी गुड्न सुरु, त्यसले पनि ३५ टन माथी नथेग्ने
7 years अगाडी
Susma Dhakal
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको विजयपुर खोलामा बेलिब्रिज तयार भएको छ। हिजो (शनिबार)बाट सञ्चालनमा आएको उक्त बेलिब्रिजबाट १० टन देखि ३५ टनसम्मका सवारी ओहोर-दोहोर गर्न सक्ने छन्।
यसअघि २०७५ सालबाट सञ्चालनमा आएको पुल कमजोर भएकाले १० टन क्षमता बढीका सवारीलाई डाइभर्सन गरी खोलाबाटै आवतजावतको सुविधा मिलाइएको थियो। तर, त्यस डाइभर्सन पनि खोलामा आएको बाढीले तीन पटक बगाएकाले ४ दिनदेखि ठूला सवारी साधन पोखरा भित्रन सकेका थिएनन्।
शनिबारबाट सञ्चालनमा आएको सो बेलिब्रिज यही हप्ताभित्र पिच गरिने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ। बेलिब्रिज बनेपनि ३५ टन भन्दा माथिको भार नथेग्ने भएकाले पोखरा विमानस्थल निर्माणका लागि आएका सामानसहितका ट्रक पोखरा भित्राउन चिँनिया टोलिले फेरी डाइभर्सन बनाईरहेको छ।
July 28, 2019 1:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...