पोखरा बिजयपुरको बेलिब्रीजबाट गाडी गुड्न सुरु, त्यसले पनि ३५ टन माथी नथेग्ने
6 years अगाडी
Susma Dhakal
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको विजयपुर खोलामा बेलिब्रिज तयार भएको छ। हिजो (शनिबार)बाट सञ्चालनमा आएको उक्त बेलिब्रिजबाट १० टन देखि ३५ टनसम्मका सवारी ओहोर-दोहोर गर्न सक्ने छन्।
यसअघि २०७५ सालबाट सञ्चालनमा आएको पुल कमजोर भएकाले १० टन क्षमता बढीका सवारीलाई डाइभर्सन गरी खोलाबाटै आवतजावतको सुविधा मिलाइएको थियो। तर, त्यस डाइभर्सन पनि खोलामा आएको बाढीले तीन पटक बगाएकाले ४ दिनदेखि ठूला सवारी साधन पोखरा भित्रन सकेका थिएनन्।
शनिबारबाट सञ्चालनमा आएको सो बेलिब्रिज यही हप्ताभित्र पिच गरिने सडक डिभिजन कार्यालय पोखराले जनाएको छ। बेलिब्रिज बनेपनि ३५ टन भन्दा माथिको भार नथेग्ने भएकाले पोखरा विमानस्थल निर्माणका लागि आएका सामानसहितका ट्रक पोखरा भित्राउन चिँनिया टोलिले फेरी डाइभर्सन बनाईरहेको छ।
July 28, 2019 1:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...