कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं,साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ ।बोर्डले गत वैशाखमा सम्पन्न परीक्षाको नतिजा आज सोमबार सार्वजनिक गरेको हो। नियमित, ग्रेड वृद्धि, आंशिकतर्फको सबै विषय र संकायतर्फको नतिजा सार्वजनिक भएको बोर्डले जनाएको छ ।कक्षा १२ को नतिजामा सबैभन्दा धेरै परीक्षार्थीले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन्। २.०१ देखि २.४० जीपीए प्राप्त गर्ने परीक्षार्थी ८६ हजार २२७ जना रहेका छन्।
त्यस्तै ३.६१ देखि ४ जीपीए सबैभन्दा कम परीक्षार्थीले प्राप्त गरेका छन्। ३ हजार ६७ जनाले यो जीपीए प्राप्त गरेका छन्।१६ हजार २०४ जनाले ३.२१ देखि ३.६० जीपीए, ३१ हजार ६२ जनाले २.८१ देखि ३.२०, ५६ हजार ५०३ जनाले २.४१ देखि २.८० जीपीए प्राप्त गरेका छन्। त्यस्तै ६२ हजार ६१९ जनाले १.६१ देखि २ जीपीए, १९ हजार ५८५ जनाले १.२१ देखि १.६० जीपीए, ३ हजार ५२४ जनाले ०.८१ देखि १.२० जीपीए र १३ हजार ३६२ जनाले ० देखि ०.८० जीपीए प्राप्त गरेका छन्।
आंशिक परीक्षार्थीमध्ये ४१.८३ प्रतिशत अर्थात २३ हजार ९ सय १५ जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार कक्षा १२ को परीक्षामा नियमिततर्फ २,९२,१५३, ग्रेडवृद्धितर्फ ७८,७४४ र आंशिक तर्फ ५७,१७० विद्यार्थी सहभागी थिए ।
यसरी हेर्न सकिन्छ नतिजा
आज सार्वजनिक भएको कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआरमार्फत हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।नतिजालाई राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट www.neb.gov.np तथा नेपाल टेलिकमको वेभसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिनेछ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर समेत नतिजा प्राप्त गर्न सकिन्छ । साथै नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
July 30, 2019 8:15 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा