

मोबाइल ब्याट्रीको लाइफ बढाउन र विस्फोटबाट रोक्न यसो गर्नुस्

मोबाइल ब्याट्रीको लाइफ र ब्याकअप बढाउनका लागि निर्माता कम्पनीहरुले निरन्तर प्रयास गरिरहेका छन् । अहिले त कतिपय स्मार्टफोनमा 4000 mAH पावरको ब्याट्रीसमेत राख्न थालिएको छ, जसले कैयन घण्टासम्म ब्याकअप दिन्छ ।
तर, लगातारको प्रयोग र लामोसमय मोबाइलबाट कुराकानी गर्दा ब्याट्री तात्ने र विस्फोट हुने समस्या पनि आउने गरेको छ । यस्तो अवस्थामा मोबाइल प्रयोगकर्तालाई ब्याट्रीको लाइफ बढाउने र विस्फोट हुनबाट बचाउने उपायबारे जानकारी हुनु जरुरी छ ।मोबाइलको ब्याट्री हुने समस्या अहिले त आम बनिसकेको छ ।
प्रया चार्जका दौरान मोबाइलको ब्याट्री विस्फोट हुने गरेको पाइन्छ । कतिपय समयमा खल्तिमा राखेको मोबाइल पनि विस्फोट हुने गरेको पाइन्छ । तपाईंले केही सामान्य कुराको ख्याल गर्नुभयो भने तपाईंको ब्याट्रीको लाइफ बढाउन सक्नुहुन्छ ।
ब्याट्रीलाई सुरक्षित राख्न र यसबाट हुनसक्ने सम्भावित दुर्घटना रोक्न यसो गर्नुस्
– जुन कम्पनीको मोबाइल हो, सोही कम्पनीको चार्जर प्रयोग गर्नुस् । नक्कली चार्जरको प्रयोग भूलेर पनि नगर्नुस् ।
– जुन कम्पनीको मोबाइल हो, सोही कम्पनीको ब्याट्री प्रयोग गर्नुस् । सस्तो र लोकल ब्याट्री खतरनाक हुन्छ ।
– मोबाइललाई चार्जिङको समय तातो ठाउँमा नराख्नुस् । बढी तातो भएर पनि ब्याट्री विस्फोट हुने खतरा रहन्छ ।
– केही मानिस रातिबाट भोलिपल्ट बिहानसम्म ब्याट्री चार्जमा राख्छन्, यसले पनि ब्याट्रीको आयु घटाउँदै विस्फोटो खतरा बढाउँछ ।
– मोबाइल चार्जमा जोडिरहेको अवस्थामा फोन लगाउने र फोन रिसिभ गर्ने गल्ति नगर्नुस् ।
– राति सुत्ने समयमा मोबाइल आफूसँगै नराख्नुस् । यसलाई बेडबाट केही पर राख्नु उपयुक्त हुन्छ ।
July 30, 2019 8:43 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

