पुलिसिच र पेद्रोको उत्कृष्ट प्रदर्शनमा चेल्सीको जित
युवा स्टार क्रिष्टियन पुलिसिच र पेद्रोले उत्कृष्ट प्रदर्शन गरेपछि प्रिसिजन फ्रेण्ड्लीमा चेल्सीले साल्जबर्गलाई ५–३ गोल अन्तरले हराएको छ ।पुलिसिचले दुई गोल गर्दा पेद्रोले एउटा एसिस्ट र एक गोल गरे । अष्ट्रियामा भएको खेलमा जित हात पारेसँगै चेल्सीले पछिल्लो तीन मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेको छ ।
फ्राङ्क लाम्पार्डले प्रशिक्षण सम्हालेपछि चेल्सीले यस क्रममा बार्सिलोना र रिडिङ्लाई हराएको थियो भने जापानका मैत्रीपूर्ण खेलमा पनि जित निकालेको थियो । साल्जबर्गविरुद्धको खेलमा २०औं मिनेटमै पुलिसिचले पेद्रोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसको तीन मिनेटपछि रोस बार्कलेले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । २८औं मिनेटमा पुलिसिचले ब्यक्तिगत दोस्रो गोल गर्दा बार्कलेले एसिस्ट गरे ।
पहिलो हाफमा चेल्सीले ३–० को अग्रता लिएको थियो । ५०औं मिनेटमा ओङ्गुनेले गोल गर्दै साल्ज्बर्गलाई खेलमा फर्काउने प्रयास गरे । तर ५७ औं मिनेटमा पेद्रोले गोल गर्दै चेल्सीलाई ४–१ को अग्रता दिलाए ।
८५औं मिनेटमा मिनामिनोले साल्जबर्गका लागि दोस्रो गोल गरे । ८८औं मिनेटमा चेल्सीका लागि मिची बात्सुआईले गोल गर्दै चेल्सीलाई ५–२ को अग्रता दिलाए । इन्ज्युरी समयमा मिनामिनोले गोल गरेपछि चेल्सीले ५–३ को जित हात पार्यो ।प्रिसिजनको अन्तिम मैत्रिपूर्ण खेलमा चेल्सील जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकसँग खेल्नेछ ।
August 1, 2019 10:53 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी