देशभर अज्ञात समूहद्वारा एनसेलमा आगजनी र विष्फोट
काठमाडौं, १६ साउन । बुधबार राति अज्ञात समूहद्वारा देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरमाथि हमला भएको छ ।अज्ञात समूहले बुधबार राति गरेको हमला र आगजनीबाट पाँचथर जिल्लास्थित थर्पुको एक टावर, मोरङ्ग जिल्लाको पथरी नगरपालिका वार्ड नम्बर १० स्थित एक टावर र झापा जिल्लाको बुद्धशान्ति नगरपालिकास्थित कालिस्थान भन्ने स्थानमा रहेका वटा टावर ध्वस्त भएका छन् ।
त्यस्तै ललितपुर जिल्लाको कोनजोसोम गाउँपालिका संखुमा समेत एनसेल टावरमाथि आगजनी भएको छ । यता सल्यान पूर्वी नवलपरासीमा समेत एनसेलमाथि आगजनी भएको छ ।आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
धनगढी उप–महानगरपालिकामा १, टिकापुर नगरपालिकामा १, लम्की नगरपालिकामा १, र जानकीमा २ एनसेलका टावर ध्वस्त भएका छन् । डडेल्धुराको महाभात हगुल्टेलेकको काफली टावर र गोगनपानी सुदुरपश्चिमको मुल टावरलाई समेत ध्वस्त भएको छ ।
डोटीको शैली शिखरको कफलेखि टावर, अछाममा बिनायक तुर्माखाँदमा गरि दुईवटा टावर ध्वस्त भएका छन् । बाजुराको बुढीगंगाको बार्जुकोटमा रहेको टावर, बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा टावर ध्वस्त भएका छन् । त्यस्तै बैतडीको दोगाडाको सित्तड र पुर्चाैडिको कुडिमा गरी दुईवटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावर ध्वस्त भएको छ । अज्ञात समूहले बाँकेमा रहेका दुईवटा एनसेल टावरमा समेत आगजनी गरेको छ । बुधबार मध्यरातमा मनिकापुर र कम्दीका रहेका दुईवटा एनसेल टावरमा आगजनी गरिएको हो ।
August 1, 2019 12:56 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता