देशभर अज्ञात समूहद्वारा एनसेलमा आगजनी र विष्फोट
काठमाडौं, १६ साउन । बुधबार राति अज्ञात समूहद्वारा देशका विभिन्न स्थानमा रहेका एनसेलका टावरमाथि हमला भएको छ ।अज्ञात समूहले बुधबार राति गरेको हमला र आगजनीबाट पाँचथर जिल्लास्थित थर्पुको एक टावर, मोरङ्ग जिल्लाको पथरी नगरपालिका वार्ड नम्बर १० स्थित एक टावर र झापा जिल्लाको बुद्धशान्ति नगरपालिकास्थित कालिस्थान भन्ने स्थानमा रहेका वटा टावर ध्वस्त भएका छन् ।
त्यस्तै ललितपुर जिल्लाको कोनजोसोम गाउँपालिका संखुमा समेत एनसेल टावरमाथि आगजनी भएको छ । यता सल्यान पूर्वी नवलपरासीमा समेत एनसेलमाथि आगजनी भएको छ ।आगजनीबाट टावरमा राखिएको जेनेरेटर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
धनगढी उप–महानगरपालिकामा १, टिकापुर नगरपालिकामा १, लम्की नगरपालिकामा १, र जानकीमा २ एनसेलका टावर ध्वस्त भएका छन् । डडेल्धुराको महाभात हगुल्टेलेकको काफली टावर र गोगनपानी सुदुरपश्चिमको मुल टावरलाई समेत ध्वस्त भएको छ ।
डोटीको शैली शिखरको कफलेखि टावर, अछाममा बिनायक तुर्माखाँदमा गरि दुईवटा टावर ध्वस्त भएका छन् । बाजुराको बुढीगंगाको बार्जुकोटमा रहेको टावर, बझाङमा थलारा, मस्टा र चिरबिथ्थड गरी तीनवटा टावर ध्वस्त भएका छन् । त्यस्तै बैतडीको दोगाडाको सित्तड र पुर्चाैडिको कुडिमा गरी दुईवटा टावर त्यस्तै कञ्चनपुर र दार्चुलामा पनि एनसेल टावर ध्वस्त भएको छ । अज्ञात समूहले बाँकेमा रहेका दुईवटा एनसेल टावरमा समेत आगजनी गरेको छ । बुधबार मध्यरातमा मनिकापुर र कम्दीका रहेका दुईवटा एनसेल टावरमा आगजनी गरिएको हो ।
August 1, 2019 12:56 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा