मेस्सीले भनेः ग्रिजम्यान बार्सिलोना आउ
8 years अगाडी
Susma Dhakal
एजेन्सी,२४ जेठ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले एन्टोनियो ग्रिजम्यानलाई बार्सिलोनामा आउन आग्रह गरेका छन् ।एट्लेटिको मड्रिडमा लामो समय बिताएका उनी पछिल्लो समय उच्च फर्ममा रहेका छन् ।मेस्सीले ग्रिजम्यान उत्कृष्ट खेलाडी समेत भएको बताएका छन् । सन् २०१७-१८ को युरोपा लिग उपाधि जिताउन महत्वपुर्ण भुमिका खेलेका उनले यस सिजन २९ गोल गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार उनको रिलिज क्लज १०० मिलियन युरो रहेको छ ।पाँच पटक बेलोन डिओर जितेका लियोनल मेस्सी बार्सिलोना क्लबमा अझै गुणस्तर चाहन्छन् । यही कारण पनि उनीले ग्रिजम्यान बार्सिलोना आउनुपर्ने बताएका छन् ।
मेस्सीले भनेका छन्,’उनी उत्कृष्ट खेलाडी हुन् । हामी एक अर्कालाई बुझ्न पनि सक्छौ । हामी विश्वकै उत्कृष्ट टोली बन्न चाहन्छौ । बार्सिलोना त्यही कारण पनि उत्कृष्ट खेलाडीको खोजीमा रहेको छ ।’
June 7, 2018 10:46 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
Loading...