सुनसरीमा माघ १ गतेदेखि क्यान इन्फोटेक आयोजना गरिने
सुनसरी । कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना तथा क्यान महासंघ प्रदेश १ को संयोजनमा इटहरीमा सूचना प्रविधि प्रर्दशनी आयोजना गरिने भएको छ । सुचना, प्रविधि र सञ्चारको व्यापकतालाई समटने गरी इटहरीस्थित जनता विद्यालयको खेल मैदानमा आगामी माघ १ गतेदेखि ५ गतेसम्म पाँच दिने क्यान इन्फोटेक आयोजना गरिएको हो ।
नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक आयोजना गरिएको क्यान महासंघ सुनसरीका अध्यक्ष विशाल बास्तोलाले बताएका छन् ।
क्यान इन्फोटेकमा अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्यसन, मोबाइल फोन तथा सोल्युुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एसेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्ड डिस्कजस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने जनाइएको छ ।
त्यस्तै प्रर्दशनीमा आर्र्टी्फिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, सेल्फलर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि राखिने अध्यक्ष बास्तोलाको भनाई छ ।
January 1, 2020 5:13 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता