Tuesday 23rd December 2025

नेयमार,यो मेरो करिअरकै दुखद क्षण हो

7 years अगाडी

काठमाडौँ, २४ असार । ब्राजिल विश्वकपबाट बाहिरी सकेको छ । यसबारे प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।ब्राजिलका स्टार खेलाडी नेयमारले विश्वकपबाट बाहिरिनु आफ्नो करिअरको सबैभन्दा दुखद क्षण भएको बताएका छन् । उनले यस विश्वकपमा पाँच खेलमा दुई गोल गरेका थिए । बेल्जियमसँग २-१ गोलले पराजित भएपछि उनी निराश देखिएका थिए ।

उनले भनेका छन्, ‘हामीले इतिहास रच्ने मौका गुमाएका छौ । यस्तो मौका बारम्बार आउँदैन । मेरो लागि यो मेरो करिअरकै सबैभन्दा ठुलो दुखद क्षण हो ।’उनले थप्दै भने, ‘यो पराजयले म बलहिन भएको महसुस गरेको छु । भगवान्ले मलाई पुन बलवान बनाउने आशामा रहेको छु यो टिमको मुख्य खेलाडी हुन पाउँदा निकै खुसी छु ।’

          July 8, 2018 12:05 pm | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...