कुवेतमा २०५ औं भानु जयन्ती मनाईने, कार्यक्रमको सम्पूर्ण तयारी पुरा
माधब शाही –
कुवेत – कुवेतमा २०५ औं भानु जयन्ती मनाईने कार्यक्रमको तयारी पुरा भएको छ । विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा आउँदो जुलाई १३ तारिख कुवेतमा २०५ औं भानु तथा साहित्य श्रृंखला वाचन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भयको कार्यक्रम संयोजक राजेन्द्र बिरहीले बताए ।
विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समद्ध बनाऔ भन्ने मूल उदेश्यका साथ स्थापना भयको विश्व नेपाली साहित्य महासंघ कुवेतले हरेक बर्ष विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै आएको छ । उक्त कार्यक्रममा कुवेतमा रहेका साहित्यकार हरुले साहित्य वाचन गर्ने छन् ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेका थिए ।
उनले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए । रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन्। प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता सँगै विभिन्न फुटकर कविता कृति प्रकाशित छन् ।
आयोजकले कुवेतमा क्रियाशील बिभिन्न संघसंस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकार,सहित्यकार साथीहरु उक्त कार्यक्रमलाई सफल पार्न सहयोग गरीदिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई हार्दिक अनुरोध समेत गरेको छ ।सबैलाई पत्राचार गरिसकेको र कारणबस पत्र पाउन छुट्नु भयको छ भने यसै समाचार मार्फत उपस्थित हुन कार्यक्रम संयोजक राजेन्द्र बिरहीले सबैमा अनुरोध गरेका छन् ।
कार्यक्रम हुने दिन : १३ जुलाई २०१८ (सुक्रवार)
स्थान: पपिन हल जिलिब
समय: बिहान ठिक १० बजे
सम्पर्क नं: ६६२६५२२६ / ६७७४९३६१ / ५०६६११७४/५०३०७३०३
July 8, 2018 2:00 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)