

“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले

काठमाडौं – नशालु हेराई, लज्जालु बोलि, चिट्टिक ज्यानमा टिमिक्क चोली, कत्ति सुहाएको शिरमा रिवन, हातमा बाला भन्दै गायाक हरी गिरिबिमर्शी ले गायीका इन्दिरा शाहलाई प्रशंसा गरे संगै शाहले पनि तिमि झन् ह्यान्डसम, म यसै फिदा भन्दै कस्सम बाबा तिम्रै हुन पाउँ भनेकी हुन्।
झन्डै २ दशक लामो गायन क्षेत्रमा क्रियाशील गायीका शाहको नयाँ प्रस्तुति हातमा बालामा विशेष स्वर दिएको बताएकी हुन्। लोक दोहोरी देखि शुरुवात गरेर आधुनिक गीतहरूमा समेत आफ्नो स्वर दि सकेकी गायीका शाहले पहिलो पटक यो फरक शैलीको गितमा स्वर दिएकि हुन्।
ओइ भन्यो मायाले झ्यालबाट जस्ता दर्जनौ चर्चित गितबाट चर्चामा आएका गायक गिरीको शब्द र लयमा यो गित बजारमा ल्याईएको हो। नृत्यको लागि भन्दै विशेष मिक्स म्यूजिक दीइएको यस गीतको म्यूजिक भिडियोमा क्रान्ति केसीको निर्देशन रहेको छ।
गायीका शाहको १८ औं एल्बमका रूपमा बजारमा ल्याईएको यस गितमा चक्र बम र याङ्सु श्रेष्ठको अभिनय रहेको छ।
दोलखा चरिकोट, लाइदेउमोहनी, झिलिमिली रमाइलो साझमा, तिम्ले गर्दा हो, तिम्ले छोडी गए पछि लगायत दर्जनौ गीतमा आवाज दिएकि गायीका शाहले यो गित पछिल्लो यूवा पुस्तालाई लक्षित गर्दै बाजारमा ल्याएको बताउदैं अधिकांश यूवा पुस्ताको मन जित्न सक्ने विश्वास लिएकी छिन ।
March 2, 2021 4:35 pm | चलचित्र,भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

