१० महिनामा साढे ११ खर्ब रुपैयाँकाे व्यापार घाटा, ६९ अर्ब रुपैयाँको खाद्यान्न आयात
काठमाण्डाै – चालु आर्थिक वर्षको १० महिनामा झन्डै साढे ११ खर्ब रुपैयाँको व्यापार घाटा भएको छ । साउनदेखि वैशाख महिनासम्म नेपालले १३ खर्ब ६२ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेकोमा १२ खर्ब ५४ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । निर्यात भने जम्मा एक खर्ब आठ अर्ब रुपैयाँको भएको छ ।
वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा साढे २१ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । पोहोरको १० महिनाको तुलनामा यो वर्षको १० महिनामा आयात २२ प्रतिशतभन्दा धेरैले बढेको छ भने निर्यात पनि ३२ प्रतिशतले बढेको छ ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशतभन्दा धेरै छ भने निर्यातको हिस्सा सात प्रतिशतमै खुम्चिएको छ ।
सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । १० महिनामा भारतसँग आठ खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ भने चीनसँग एक खर्ब ८२ अर्ब रुपैयाँको घाटा रहेको छ ।
सरकारले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने भाषण गर्दै आए पनि खाद्यान्न आयात चुलिँदै गएको छ । १० महिनामा ६८ अर्ब ६३ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यो गएको वर्षको भन्दा १३ अर्ब रुपैयाँभन्दा धेरै हो । ३१ अर्ब रुपैयाँको तरकारी तथा फलफूल आयात भएको छ ।
यस्तै १० महिनामा एक खर्ब २१ अर्ब रुपैयाँको आइरन र स्टिल, एक खर्ब रुपैयाँका मेशिनरी सामग्री, ८२ अर्ब रुपैयाँका गाडी र पाटपुर्जा, २६ अर्ब रुपैयाँको औषधि, ५० अर्ब रुपैयाँको प्लास्टिकका सामग्री आयात भएको छ । यस्तै ४२ अर्ब रुपैयाँभन्दा धेरैको डिजल भित्रिएको छ । उज्यालो
May 23, 2021 6:40 pm | अर्थ,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता