१० महिनामा साढे ११ खर्ब रुपैयाँकाे व्यापार घाटा, ६९ अर्ब रुपैयाँको खाद्यान्न आयात
काठमाण्डाै – चालु आर्थिक वर्षको १० महिनामा झन्डै साढे ११ खर्ब रुपैयाँको व्यापार घाटा भएको छ । साउनदेखि वैशाख महिनासम्म नेपालले १३ खर्ब ६२ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेकोमा १२ खर्ब ५४ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । निर्यात भने जम्मा एक खर्ब आठ अर्ब रुपैयाँको भएको छ ।
वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा साढे २१ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । पोहोरको १० महिनाको तुलनामा यो वर्षको १० महिनामा आयात २२ प्रतिशतभन्दा धेरैले बढेको छ भने निर्यात पनि ३२ प्रतिशतले बढेको छ ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशतभन्दा धेरै छ भने निर्यातको हिस्सा सात प्रतिशतमै खुम्चिएको छ ।
सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ । १० महिनामा भारतसँग आठ खर्ब १५ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ भने चीनसँग एक खर्ब ८२ अर्ब रुपैयाँको घाटा रहेको छ ।
सरकारले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने भाषण गर्दै आए पनि खाद्यान्न आयात चुलिँदै गएको छ । १० महिनामा ६८ अर्ब ६३ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यो गएको वर्षको भन्दा १३ अर्ब रुपैयाँभन्दा धेरै हो । ३१ अर्ब रुपैयाँको तरकारी तथा फलफूल आयात भएको छ ।
यस्तै १० महिनामा एक खर्ब २१ अर्ब रुपैयाँको आइरन र स्टिल, एक खर्ब रुपैयाँका मेशिनरी सामग्री, ८२ अर्ब रुपैयाँका गाडी र पाटपुर्जा, २६ अर्ब रुपैयाँको औषधि, ५० अर्ब रुपैयाँको प्लास्टिकका सामग्री आयात भएको छ । यस्तै ४२ अर्ब रुपैयाँभन्दा धेरैको डिजल भित्रिएको छ । उज्यालो
May 23, 2021 6:40 pm | अर्थ,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो