बँदेलको मासु काटेर भाग लगाउँदै गर्दा दाङमा पाँच जना पक्राउ
दाङ – जङ्गली बँदेल मारेकाे आरोपमा दाङमा पाँच जना पक्राउ परेका छन् । बँदेलको मासु काटेर भाग लगाउँदै गरेको अवस्थामा घटनास्थलबाटै डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले पाँच जनालाई २१ किलोभन्दा बढी मासुसहित पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका भकारे गाउँमा जङ्गली बँदेलको मासु काट्दै गरेको अवस्थामा २१ किलोभन्दा बढी मासुसहित पाँच जना पक्राउ परेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेहरूमा घोराही उपमहानगरपालिका ४ भकारे गाउँका बोधिप्रसाद खत्री, श्रीराम थापा, रुद्रबहादुर रोका, वीरबहादुर रोका र कौशिला गुरुङ रहेका सब डिभिजन वन कार्यालय सुनपुरका प्रमुख सहायक वन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
घटनाबारे सूचना पाएपछि सहायक वन अधिकृत विष्णुप्रसाद लामिछाने र प्रहरी चौकी गोल्लीबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । मासु काटेर डेक्ची र बोरामा भाग लगाउँदै गरेको अवस्थामा वन र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । उज्यालो
July 21, 2021 12:54 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता