कोरोना विरुद्धकाे खोप लगाएकालाई आजदेखि कुवेतमा प्रवेश खुला
काठमाण्डौ – कोरोना विरुद्धको खोप लगाएका विदेशी नागरिकलाई कुवेतले आजदेखि प्रवेश खुला गरेकाे छ । कुवेतका विमानस्थलहरुलाई त्यहाँको सरकारले खोपको पूर्ण मात्रा लगाइसकेका यात्रुलाई प्रवेश गर्न अनुमति दिइसकेको कुवेत टाइमले जनाएको छ ।
कुवेत आउन चाहने यात्रुले आफूले खोप लगाएको प्रमाणपत्र कुवेतको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा अपलोड गर्नुपर्ने जनाइएको छ । जहाजमा चढ्नुभन्दा ७२ घण्टा पहिलको कोरोना नेगेटिभ रिपोर्ट पनि अनिवार्य साथमा हुनुपर्नेछ । यस्तै कुवेत प्रवेश गरेको सात दिनसम्म घरमै क्वरेण्टीन बस्नुपर्ने हुन्छ । तर तीन दिनमै कोरोना रिपोर्ट नेगेटिभको रिपोर्ट देखाएमा एक हप्तासम्म क्वरेण्टीन बसिरहनु नपर्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि कुवेतले गएको फेब्रुअरी महिनादेखि विदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको थियो । कुवेतले पाँच कम्पनीका खोपलाई अनुमति दिएको छ । फाइजर, बायोएनटेक, मोर्डेना, जोनसन एण्ड जोनसन र एक्ट्राजेनेका खोपलाई कुवेतले मान्यता दिएको छ । यी कम्पनीकामध्ये नेपालमा जोनसन एण्ड जोनसन मात्र आएको छ, त्यो पनि निकै कम मात्रामा । उज्यालो
August 1, 2021 11:55 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता