विदेशीले नेपालमा चार अर्ब २० करोड रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा १५ अर्बभन्दा धेरै खर्चिए
5 years अगाडी
manoj Thapa
काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सेवा आय २३ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तीन महिनामा सेवा आय ११ अर्ब ९४ करोड रुपैयाँ रहेकोमा अहिले दोब्बरभन्दा धेरैले बढेर २३ अर्ब ७९ करोड रुपैयाँ परेको हो ।
गएको साउन भदौ र असोजमा भ्रमण आय अर्थात् नेपाल आउने विदेशीले चार अर्ब २० करोड रुपैयाँ खर्च गरेका छन् । यो गएको वर्षको तुलनामा एक सय ८३ प्रतिशतले धेरै हो ।
यस्तै नेपालीले विदेशमा गर्ने खर्च अर्थात भ्रमण व्यय पनि एक सय ८७ प्रतिशत भन्दा धेरैले बढेको छ ।
तीन महिनामा नेपालीले १५ अर्ब २६ करोड रुपैयाँ खर्च गरेका छन् । यसमध्ये अध्ययनका लागि विदेश जानेहरूले मात्रै आठ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेका राष्ट्र बैंकले जनाएको छ । साभार उज्यालो
November 17, 2021 8:10 pm | अर्थ,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
Loading...