

बाघकाे छालासहित दाङबाट दुई जना पक्राउ
4 years अगाडी
manoj Thapa

दाङ – दाङमा प्रहरीले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका ६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका ५ रानिजरुवाका ३१ वर्षीय महेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पश्चिमबाट पूर्व जाँदै गरेको रा ३ प २६६ नम्बरको मोटरसाइकल जाँच गर्दा झाेलाभित्र लुकाएको अवस्थामा बाघको छाला फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
उनीहरूकाे साथबाट आठ फिट दुई इन्च लम्बाइ र एक फिट आठ इन्च चौडाइ भएको बाघको छाला एक थान, सिल्भर रङको रेड्मी नोट, सादा मोबाइल एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । साभार उज्यालो

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेम म्युजिक फेस्ट २०२५ स्थगित भयको छ।

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण
Loading...

