बालुवा खानीमा पुरिएर जुम्लामा दुई महिलाको ज्यान गयाे
जुम्ला – जुम्लाको तिला गाउँपालिका ९ मा रहेकाे बालुवा खानीमा पुरिएर दुई महिलाको ज्यान गएकाे छ । धाराखाेलामा रहेकाे बालुवा खानीमा पुरिँदा त्यही वडा बस्ने १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावतकाे ज्यान गएकाे हो ।
स्थानीयवासी बिनबहादुर रावतका अनुसार आज शुक्रवार बिहान ७ बजे बालुवा सङ्कलनका लागि उनीहरू बालुवा खानी पसेका थिए । बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै ज्यान गएकाे हो ।
घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट झन्डै ३५ कोष टाढा छ । याे घटनाको खबर प्राप्त भएलगत्तै रारामा रहेकाे प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानुका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो । घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएको छ । साभार उज्यालो
November 26, 2021 9:54 pm | Uncategorized,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग