बालुवा खानीमा पुरिएर जुम्लामा दुई महिलाको ज्यान गयाे
जुम्ला – जुम्लाको तिला गाउँपालिका ९ मा रहेकाे बालुवा खानीमा पुरिएर दुई महिलाको ज्यान गएकाे छ । धाराखाेलामा रहेकाे बालुवा खानीमा पुरिँदा त्यही वडा बस्ने १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावतकाे ज्यान गएकाे हो ।
स्थानीयवासी बिनबहादुर रावतका अनुसार आज शुक्रवार बिहान ७ बजे बालुवा सङ्कलनका लागि उनीहरू बालुवा खानी पसेका थिए । बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै ज्यान गएकाे हो ।
घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट झन्डै ३५ कोष टाढा छ । याे घटनाको खबर प्राप्त भएलगत्तै रारामा रहेकाे प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानुका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो । घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएको छ । साभार उज्यालो
November 26, 2021 9:54 pm | Uncategorized,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार