सेती नदीमा एक महिला बेपत्ता
4 years अगाडी
manoj Thapa
डोटी – डोटीको दिपायलमा सेती नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । आज शुक्रवार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नदीमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीका लागि प्रहरी सहायक निरीक्षकको कमान्डमा सात जना प्रहरी टोली र सशस्त्र प्रहरी टोली खटिएको छ, अझै उनलाई भेटाउन सकिएको छैन ।’
ती महिलाले दिपायलको सेती नदीकाे पक्की पुलबाट हाम फालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका जवान केशव खड्काले देख्नुभएकाे थियाे । त्यसपछि उहाँले इलाका प्रहरी कार्यालयमा खबर गरेको र हाम फाल्ने महिलाको नाम र ठेगाना नखुलेको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिनुभयो । साभार उज्यालो
November 26, 2021 9:57 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...